दुर्घटनामा परी अपाङ्ग भएकालाई मासिक १५ सय भत्ता

* # अर्थ बाणिज्य समाचार सिन्धुपाल्चोक

रेडियो मिसन


पूर्व अरनिको यातायात प्रालिले कम्पनीको बस दुर्घटनामा घाइते भई अपाङ भएका यात्रुलाई मासिक १ हजार ५०० भत्ता दिने निर्णय गरेको छ । कम्पनीको नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकले बस दुर्घटनामा परी अपाङ जीवन बिताइरहेका यात्रुलाई १ हजार ५ सय भक्ता दीने निर्णय गरेको हो ।


यसअघि समितिले मासिक एकहजार रुपैयाँ उपलब्ध गराउँदै आएको थियो । यसअघि मासिक एक हजार दिने गरेकोमा हाल ५०० रुपैयाँ बढाएको नपनिर्वाचित अध्यक्ष केदार क्षत्रीले बताउनुभयो । अरनिको सम्बद्ध यातायात व्यवसायीको मृत्यु भएमा सहयोग स्वरुप ५ लाख रुपैयाँ राहत उपलब्ध गराउँदै आएकोमा अब १० लाख रुपैयाँ दिने निर्णय गरेको अध्यक्ष क्षेत्रीले जानकारी दिनुभयो ।

समितिले यातायात मजदुरहरुको १० लाखको दुर्घटना बीमा गर्ने गरेको उहाँले बताउनुभएको छ । अरनिको यातायातका कर्मचारीहरुको कामको सिलसिलामा मृत्यु भएमा ३ लाख सहयोग दिने पनि निर्णय गरेको छ ।


अरनिको यातायातले दोलखा, सिन्धुपाल्चोक, रामेछापलगायत जिल्लाहरुमा यातायात सेवा संचालन गर्दै आएको छ ।

Leave a Reply