कानुनी सचेतना सम्बन्धी अन्तक्रिया कार्यक्रम चौतारामा सम्पन्न

* # समाचार समाज सिन्धुपाल्चोक

रेडियो मिसन ।

कानुनी सचेतना अन्तक्रिया कार्यक्रम चौतारामा गरिएको छ । शुक्रबार चौतारा बहुमुखी क्याम्पसको आयोजना र काठमाण्डौँ स्कुल अफ ल को सहकार्यमा चौतारा बहुमुखी क्याम्पसका प्रमुख नगेन्द्र प्रसाद दंगालको प्रमुख आतिथ्यतामा कानुनी ज्ञान तथा सचेतना अन्तरक्रिया कार्यक्रम गरिएको हो ।

अझैपनि कयौँ नागरिकलाई कानुनी विषयमा अर्थात न्यायिक समितिका काम कर्तव्य बारे जानकारी नभएकोले अन्तरक्रिया कार्यक्रम गरिएको बताईएको छ । काठमाण्डौँ स्कुल अफ ल मा चौथो वर्षमा अध्ययनरत सुकृति दाहालले असमर्थ व्यतिmहरुका लागी कानुनी सहायता सम्बन्धी व्यवस्था बारे जानकारी गराउनु भएको थियो भने आशिष पौडेलले साईबर सुरक्षा ,सामाजिक संजाल सम्बन्धी कानुनी व्यवस्था र स्थानीय तह संचालनमा न्याय निरुपण सम्बन्धी कानुनी व्यवस्था कस्तो छ यस विषयमा सहजकर्ता सन्दीप कुमार यादवले प्रष्ट पार्नुभएको थियो ।

सोही कार्यक्रमका प्रमुख अतिथि चौतारा बहुमुखी क्याम्पसका प्रमुख नगेन्द्र प्रसाद दंगालले कानुनी ज्ञानको महत्व र उपादेयता माथी प्रकाश पार्नु भएको थियो । सगैँ शैक्षिक संस्थाहरुमा नयाँ खालका कानुनी ज्ञान सिकाईका लागि काठमाण्डौँ स्कुल अफ ल लाई धन्यवाद र सहकार्य गरेर काम गर्न पाउदा खुसी लागेको बताउँनुभयो ।

यस्तै अधिवक्ता परमेश्वर पौडेलले कानुन जुनसुकै बेला आबश्यक पर्ने भएकोले कानुनी ज्ञान सबैले हासिल गनुपर्ने बताउँनुभयो ।
सोही कार्यक्रममा बोल्दै नगरपालिका उपप्रमुख तथा न्यायिक समिति संयोजक सिता थापाले काठमाण्डौँ स्कुल अफ ल क्याम्पस सगँ सहजीकरण गरी काम गर्न आफु तयार रहेको बताउँनुभयो ।

यस्तै काठमाण्डौँ स्कुल अफ ल का एकेडेमिक ईन्चार्ज हङकङ रानाले बिधार्थीहरुलाई आफ्नो जिम्मेवारी ईमान्दारिताकासाथ निभाउन आग्रह गर्नुभएको छ । यो मेरो जिम्मेवारी हो , नैतिक हो ,नागरीक दायित्व भनेर अगाडि बढ्न शुभकामना दिनुभयो ।

कार्यक्रम सम्बोधन गर्ने क्रममा काठमाण्डौँ स्कुल अफ ल का प्रोफेसर ज्ञानु गौतमले बिद्याथीहरुलाई सत्मार्गमा हिड्न र आफ्नो व्यतिmत्व विकास गर्नुपर्ने बताउँनुभयो । यस्तै यस्तै रेडियो सिन्धुका प्रमुख रत्न श्रेष्ठले लक्ष्य लिएर गनतव्य सम्म पुग्न आफुमा ईच्छा शक्ति हुनुपर्ने बताउँनु भयो ।

Leave a Reply