महिला संघको सम्मान, बधाई तथा तिज विशेष कार्यक्रम बाह्रविसेमा सम्पन्न

* # राजनीति समाचार समाज सिन्धुपाल्चोक

रेडियो मिसन ।

बाह्रविसेमा महिला संघको सम्मान, बधाई तथा तिज विशेष कार्यक्रम सम्पन्न भएको छ । आज बाह्रविसे बजारमा एक कार्यक्रम आयोजना गरी नेपाल महिला संघ, नेपाल तरूण दल, नेपाल बिद्यार्थी संघ र लोकतान्त्रिक आदिवासि जनजातिको विभिन्न पदमा मनोनित भएकाहरूलाई सम्मान गरीएको हो ।

कार्यक्रममा प्रमुख अतिथी नेपालि कांग्रेस महामन्त्री गगन कुमार थापाले राजा संग लडेको कांग्रेस पार्टी भित्रको रजौटा संग लड्न नडराउने बताउनुभएको छ । उहाँले १५ औँ महाधिवेशनमा पार्टी भित्रको परिवारवादलाई परास्त गरि तल्लो स्तरबाट नेतृत्व चयन हुने दाबी गर्नुभयो । साथै कांग्रेस भित्र प्रभाव छाड्न महिलाको भुमिका अहम हुने उहाँको भनाई छ ।

त्यस्तै बागमति प्रदेश सभापति इन्द्र बहादुर वानियाँले नेपाली कँग्रेस बिभन्नि मिसन सफल पार्दै यहाँसम्म आइपुगेको बताउनुभयो । पार्टीले राँणा फाल्ने, माओवादिलाई शान्ति प्रकृयामा ल्याउने लगायतका महत्वपूर्ण मिसन सफल पारेको उहाँले बताउनुभयो ।

कार्यक्रममा नेपाली काग्रेसका क्षेत्रीय सभापति तथा मेलम्ची नगरपालिकाका मेयर आइतमान तामाङले संगठन बिस्तार सँगै प्रशिक्षण पनि दिन जरूरी रहेको धारणा राख्नुभयो । साथै भ्रातृ र सुभेच्छुक संगठन एक भएमा जिल्लामा कांग्रेस एक नम्बर हुने उहाँको भनाई छ । पार्ठी बलियो हुन विधि संमत ढंगले चल्नुपर्ने बताउनुभयो ।

नेपाली काँग्रेसका केनन्द्रिय सदस्य मधुसुधन आचार्यले पार्टी रूपान्तरण तल्लो तहबाट सुरू गर्ने बताउँदै यसमा महिलाहरूको विषेश भुमिका रहने भएकोले सक्रिय ढंगले लाग्नुपर्ने बताउनुभयो ।

कार्यक्रमका सभापति महिला संघ सिन्धुपाल्चोकका अध्यक्ष गिता नेपालले महिलाहरू घरको काममा मात्रै घोटिने नभई बाहिर निस्किनुपर्ने र राजनितिक रूपमा नेतृत्वमा जान सक्नुपर्ने बताउनुभयो । महिलाले चुलोचौका छाडेर राजनितिक रूपमा अघि बढ्नुपर्ने उहाँको भनाई छ ।

महिला संघ सिन्धुपाल्चोकका अध्यक्ष गिता नेपालको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथी नेपालि कांग्रेस महामन्त्री गगन कुमार थापा, विशिष्ठ अतिथि केन्द्रिय सदस्य मधुसुधन आचार्य, विषेश अतिथि बागमति प्रदेश सभापती ईन्द्र बानियाँ, प्रदेश सहमहामन्त्री हरीशरण श्रेष्ठ, जिल्ला सभापति जंग बहादुर लामा, पुर्व जिल्ला सभापति भुपेन्द्र थापा, क्षेत्रीय सभापति आइतमान तामाङ, पुर्व मन्त्री निमा लामा लगायत नेपाली काँग्रेसका नेताहरु लिला नेपाल, हरीशरण श्रेष्ठ, सगुन श्रेष्ठ, दोर्जे लामा हाउडे लगायतले आफ्नो भनाई राख्नुभएको थियो ।

Leave a Reply