जंग दाई ८४ काे चुनावकाे लागि अहिल्यै टिकट बाँडेर नहिँड्नुस : सांसद तामाङ

* # राजनीति समाचार समाज सिन्धुपाल्चोक

काठमाण्डाै,

नेपाली कांग्रेसका नेता तथा बागमती प्रदेस सांसद कृष्ण कुमार तामाङले कांग्रेस सिन्धुपाल्चाेकका सभापतीले गुटगत भेला गरेर ८४ सालकाे लागि अहिल्यै उम्मेदवारहरू चयन गर्दै हिँडेकाे आराेप लगाउनुभएकाे छ ।

विजया दशमी शुभ – दिपावली, नेपाल सम्वत् तथा छठ पर्वकाे पावन अवसरमा नेपाली कांग्रेस सिन्धुपाल्चाेक काठमाण्डाै सम्पर्क समिति द्वारा विहिवार आयाेजित शुभकामना अादानप्रदान तथा चियापान कार्यक्रम लाई सम्बाेधन गर्दै तामाङले गुटगत भेला गरेर भ्रमकाे खेती नगर्न जिल्ला कार्यसमितिलाई सुझाव दिनुभएकाे छ । जिल्ला सभापती जंग बहादुर लामा लाई लक्षित गर्दै ८४ काे चुनावकाे लागि अहिल्यै टिकट बाँडेर नहिँड्न उहाँले आग्रह गर्नुभएकाे छ ।

“१५ औं महाधिवेशनकाे नेतृत्वले टिकट बितरण गर्नेछ, अहिलेकाे नेतृत्वले हाेइन”, तामाङले भन्नुभयाे । सिन्धुपाल्चाेकमा सच्चा राजनिति गर्ने माेहन बस्नेत समूह भएकाे भन्दै, अरू सबैले भ्रमकाे खेती गरेकाे उहाँकाे आराेप छ । आफु जस्ताे युवालाई जिताएर नेता बस्नेतले परिवर्तनकाे शुरू गरेकाे उहाँकाे भनाई छ ।

सभापती लामालाई लक्षित गर्दै उहाँले भन्नुभयाे “तपाईलाइ जिल्ला सभापती बनाउन कृष्णकुमार तामाङकाे भुमिका कति छ? तपाईलाई हेक्का हाेला” । जिल्ला सभापती अहिले निन्द्रामा रहेकाे समेत सांसद तामाङकाे आराेप छ ।

केही पैशाकाे लाेभमा जंग बहादुर लामा बस्नेत समूह छाेडेर गएकाे तामाङले आराेप लगाउनुभयाे । “तपाईकाे कार्यकाल अब धेरै छैन, अर्काे अधिवेशनमा तपाईलाई अप्ठ्याराे पर्नेछ”, तामाङले भन्नुभयाे । सभापती लामाकाे भविश्य लामाे रहेकाे बताउँदै बस्नेत समुहमै पुन फर्कनकाे लागि तामाङले आग्रह समेत गर्नुभयाे ।

Leave a Reply