रेडियो मिसन ।
कार्यक्रममा प्रमुख अतिथी नेपालि कांग्रेस महामन्त्री गगन कुमार थापाले राजा संग लडेको कांग्रेस पार्टी भित्रको रजौटा संग लड्न नडराउने बताउनुभएको छ । उहाँले १५ औँ महाधिवेशनमा पार्टी भित्रको परिवारवादलाई परास्त गरि तल्लो स्तरबाट नेतृत्व चयन हुने दाबी गर्नुभयो । साथै कांग्रेस भित्र प्रभाव छाड्न महिलाको भुमिका अहम हुने उहाँको भनाई छ ।
सिन्धुपाल्चोकमा महिला संघले राखेको कार्यक्रमलाई सम्बाेधन गर्दै महामन्त्री थापाले पार्टीको उम्मेदवार छान्ने प्रणाली परिवर्तन गर्नुपर्ने बताउनुभएको छ । पार्टीभित्रको गुटको अन्त्य र पार्टीभित्रको विभेद अन्त्यका लागि टिकट वितरणको प्रणाली परिवर्तन गर्नुपर्ने बताउनुभयो । अहिलेको टिकट वितरण प्रणालीले असन्तुष्टि बढाएको उहाँको भनाइ छ ।
सबै अधिकार जब दाइलाई दिनुहुन्छ भने दाइले टिकट भाउजुलाई नै दिने अवस्था बन्ने थापाले बताउनुभयो । दाइले भाउजुलाई टिकट दिने अवस्था नबन्नका लागि तल्लो तहलाई नै आफ्ना उम्मेदवार बनाउने अधिकार दिनुपर्ने थापाको तर्क छ ।
‘कुनै क्षेत्रको टिकट बाँड्ने माथि बस्ने दाइले होइन । त्यहीँका पार्टी सदस्यहरुले मतदान गरेर छान्नुपर्दछ,’ महामन्त्री थापाले भन्नुभयो ।
८ लाख ६६ हजार क्रियाशील सदस्य भएको पार्टी अहिले अलि शिथिल भएको देखिनुमा पार्टीभित्र अन्याय र विभेद कारण रहेको उहाँले सुनाउनुभयो ।