पाडामरुवा स्थित सल्लेनी बजारमा रहेको कृष्ण मन्दिरमा भब्य मेला सम्पन्न

* # समाचार समाज सिन्धुपाल्चोक

रेडियो मिसन ।
आज श्री कृष्ण जन्माष्ठमीको अवसरमा इन्द्रावती गाउँपालिका वडा नम्बर ४ पाडामरुवा स्थित सल्लेनी बजारमा रहेको कृष्ण मन्दिरमा भब्य मेला लागेको छ ।


पाडामरुवा सल्लेनीबजारका स्थानीयहरुको सहयोग र कृष्ण मन्दिर जात्रा तथा मेला आयोजक समितीको आयोजनामा सदाझै यस वर्ष पनि बिभिन्न स्थानबाट आएका श्रद्धालु भक्तजनले मेला भरेका आयोजकले जनाएको छ ।

मेलामा आँपचौर, ऐसेलुखर्क, नवलपुर, टाकुरे, पाडामरुवा, कोटडाँडा र कुञ्चोक देखि जौ डाँडा मसम्मका करिव आठ सय भक्तजने मेला भर्नुका साथै पुजा पाठ गरेका मेला आयोजक समितिका सदस्य तथा शिक्षक ध्रुव श्रेष्ठले जानकारी दिनुभयो ।

स्थानीय भक्तजनहरुबाट भजन र्कितनका साथै अनिता ढकाल, इन्दु थापामगर श्याम मल्ल ठकुरी लगायतका कलाकारहरुबाट लोक दोहोरी कार्यक्रम भएको श्रेष्ठले जानकारी दिनुभयो । भक्तजनहरुका लागी लाईन सँगै अवस्था हेरेर बस्ने ठाउँको समेत ब्यवस्था गरेकोले उपस्थित सबैले सहज ढंगले पुजा पाठ गर्न पाएको पनि उहाँले जानकारी दिनुभयो ।

Leave a Reply