महेन्द्र माध्यमिक विद्यालयको को ६४ औं बार्षिकोत्सव सम्पन्न

* # पालीका खबर शिक्षा समाचार समाज सिन्धुपाल्चोक

ईन्द्रावति गाउँपालिका वडा नम्बर २ मा रहेको श्री महेन्द्र माध्यमिक विद्यालयको को ६४ औं बार्षिकोत्सव सम्पन्न भएको छ । आज एक कार्यक्रमका विच विद्यालयले आफ्नो ६४ औं बार्षिकोत्सव मनाएको हो । कार्यक्रमको उद्घाटन संस्थापक बिष्णु गिरी र हितमान लामालाई प्रमुख अतिथि र विषेश अतिथिको हातबाट केक खुवांउदै गरीएको हो ।

कार्यक्रमको अवसरमा बोल्दै प्रमुख अतिथि बागमति प्रदेशका भौतिक पुर्वाधार तथा बिकास मन्त्री युवराज दुलालले युवराज दुलाल विद्यालयका संस्थापकलाई धन्यवाद दिँदै मौलिकताका साथ अघि बढ्नुपर्नेमा जोड दीनुभएको छ । विद्यँलयमा नपुगेको कक्षाकोठा व्यावस्थापनमा प्रदेश सरकारको तर्फबाट सहयोग गर्ने उहाँले प्रतिबद्धता जनाउनुभएको छ । अँग्रेजि गुणस्तरीय शिक्षा नभई भाषाको माध्यम मात्र रहेको मन्त्री दुलालको भनाई छ । सिकाई, सिप र प्राविधिक शिक्षाको उच्चतम उपयोग गरी आफ्नो खुट्टामा उभिन सक्ने बनाउनु नै गुणस्तरीय शिक्षाको मुल मर्म रहेको उहाँले बताउनुभयो । ठुलाठुला राजनितिक क्रान्तिहरुमा शिक्षाको भुमिका रहेको उल्लेख गर्दै देश बनाउने जिम्मा युवा बिद्यार्थीको काँधमा रहेको दुलाललु बताउनुभयो ।

यस्तै कार्यक्रममा बोल्दै विषेश अतिथि ईन्द्रावति गाउँपालिकाका अध्यक्ष झम्कनाथ नेपालले धेरै दुख पार गरेर आएको विद्यालयले शैक्षिक प्रगति बढाँउदै लैजानुपर्ने बताउनुभएको छ । जिल्लामा रहेका सबै विद्यालयसंग प्रतिस्पर्धा गर्न सक्ने बनाउन विद्यालयमा दक्ष शिक्षकको व्यावस्थापन, कुशल व्यावस्थापन समिति, अनुसासीत विद्यार्थी, जागरूक अभिभावक र संस्कारयुक्त शिक्षा नै महत्वपुर्ण हुने उहाँले बताउनुभयो । गाउँपालिकाले आफ्नो अभिभावकत्व पुरा गर्न पछि नहट्ने शिक्षाको बिकास विना अरू विकासको सम्भावना नरहेको उहाँले बताउनुभएको छ । पालिकाले आफ्नो श्रोत र साधनको आधारमा एक तिहाई बजेट शिक्षाका लागि छुट्टयाएको पनि उहाँले जानकारी गराउनुभयो । आफु निर्वाचित हुंदा ४७ प्रतिशत शैक्षिक उपलब्धि रहेकोमा एक बर्षको अवधिमा ६२ प्रतिशत शैक्षिक उपलब्धि प्राप्त गर्न सफल भएको र आगामि बर्ष सिकाई उपलब्धि ७० प्रतिशत पुर्याउने लक्ष्य रहेको उहाँले बताउनुभयो ।

कार्यक्रममा प्रधानाध्यापक सपना दँगालले विद्यालय प्रतिवेदन प्रश्तुत गर्दै १८ बुँदे भावि योजना प्रश्तुत गर्नुभएको थियो । साथै कार्यक्रममा विद्यालयमा अक्षयकोषबाट छात्रवृत्ति वितरण गरीएको थियो । विद्यालयले उत्कृष्ठ शिक्षक तथा विभिन्न प्रतियोगितामा उत्कृष्ठ विद्यार्थीलाई पुरस्कार वितरण गरेको छ । कार्यक्रममा वडा नम्बर २ का वडा अध्यक्ष श्याम बहादुर गिरी, वडा नम्बर ३ का वडा अध्यक्ष भिमसेन थापा, निर्वातिच वडा सदस्यहरु, पुर्व जनप्रतिनिधिहर लगाएत समाजसेवि तथा राजनितिक दलका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । कार्यक्रम विद्यालय व्यावस्थापन समितिका अध्यक्ष राम बहादुर सुनारको अध्यक्षतामा सम्पन्न भएको हो ।

Leave a Reply