ईन्द्रावति गाउँपालिकाको वडा नम्बर ७ मा रहेको श्री राजेश्वरी माविको ६१ औं बार्षिकोत्सव सम्पन्न भएको छ । आज एक कार्यक्रम गरी विद्यालयले आफ्नो ६१ औं बार्षिकोत्सव मनाएको हो ।

कर्यक्रममा बोल्दै प्रमुख अतिथि बागमति प्रदेशका भौतिक पुर्वाधार बिकास मन्त्रि युवराज दुलालले विद्यालय अरूजस्तो नभई आफ्नै तरीकाले अधि बढ्नुपर्ने बताउनुभयो । अरुको सिको गर्ने तर आफ्नो मौलिकता गुमाउन नहुने उहाँले बताउनुभयो । बैदेशिक गन्तव्य रोक्नका लागि गुणस्तरीय शिक्षा आजको आवश्यकता रहेको मन्त्रि दुलालले बताउनुभयो । अँग्रेजि माध्यम गुणस्तरीय शिक्षा नभई भाषाको माध्यम मात्र रहेको उहाँको भनाई छ । आफ्नो खुट्टामा उभिन सक्ने बनाउनु नै गुणस्तरीय शिक्षाको मुल मर्म रहेको उहाँले बताउनुभयो । आफु सामाजिक बिकास मन्त्री हुँदा सुरू गरेको विद्यालय नर्स कार्यक्रम प्रभावकारी बनेको पनि उहाँले बताउनुभयो । विद्यालयका सबैखाले समस्यामा आफुले सक्ने सहयोग गरीरहने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

यस्तै कार्यक्रममा बोल्दै विषेश अतिथि तथा ईन्द्रावति गाउँपालिकाका अध्यक्ष झम्कनाथ नेपालले राजेश्वरी मावि लामो ईतिहास बोकेको शैक्षिक धरोहर रहेकाले गुण्स्तरमा पनि अब्बल हुनुपर्नेमा जोड दिनुभएको छ । विद्यालयको भौतिक संरचना पुर्ण रूपमा सम्पन्न भईसकेकाले अब शैक्षिक गुणस्तरमा ध्यान दिने बेला आएको उहाँले बताउनुभयो । आफुपनि यसै विद्यालयमा २०५० देखि ५४ सालमा शिक्षकको भुमिकामा रहेको स्मरण गर्दै अध्यक्ष नेपालले शिक्षाको बिकास विना अरू विकासको सम्भावना नरहेको बताउनुभएको छ । पालिकाले आफ्नो श्रोत र साधनको आधारमा एक तिहाई बजेट शिक्षाका लागि छुट्टयाइएको पनि उहाँले जानकारी दिनुभयो । आफु निर्वाचित हुंदा ४७ प्रतिशत शैक्षिक उपलब्धि रहेकोमा एक बर्षको अवधिमा एक पक्षिय दुई पक्ष र बहुपक्षीय सम्झौता गरि प्रधानाध्यापकलाई ५० बुँदे करार गरी हाल ६२ प्रतिशत शैक्षिक उपलब्धि प्राप्त गर्न सफल भएको उहाँले बताउनुभयो । चालु आबमा ७० प्रतिशत सिकाई उपलब्धि हासिल गर्ने लक्ष्य रहेको उहाँले जानकारी दिनुभयो । कार्यक्रममा ईन्द्रावति गाँउपालिकाका वडा अध्यक्षहरु लगाएत राजनितिक दलका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

विद्यालयको बार्षिकोत्सवको अवसरमा विज्ञान प्रर्दशनि, आन्तरीक तथा अन्तर विद्यालय विभिन्न प्रतियोगितामा उत्कृष्ठ हुनेलाई पुरस्कारद्धारा सम्मान गरेको छ । एसईई र कक्षा १२ मा उत्कृष्ठ अँक ल्याउने बिद्यार्थीलाई पनि विद्यालयले सम्मान गरेको छ । विद्यालयको पाश्वचित्र विद्यालयका प्रधानाध्यापक माधव प्रसाद सापकोटाले प्रश्तुत गर्नुभएको थियो । कार्यक्रममा कलाकारहर ईश्वरी अधिकारी, रमेशराज बराईलि, अर्चना स्याङतान लगाएतले मनोरञ्जन गराएका थिए ।
कार्यक्रम विद्यालय व्यास्थापन समितिका अध्यक्ष नेत्र बहादुर ढुँगानाको अध्यक्षतामा सम्पन्न भएको हो ।



