रेडियो मिसन, नवलपुर ।
मेलम्ची नवलपुर चाैतारा सडकखण्ड अन्तर्गत मेलम्ची क्षेत्रमा कालाेपत्रे हुने भएकाे छ । आज नाग पञ्चमिकाे अवसर पारेर मेलम्ची नगर प्रमुख आईतमान तामाङले शिलान्यास गर्नुभएकाे छ ।
शिलान्यास कार्यक्रममा नगर प्रमुख आईतमान तामाङले स्थानिय सरकार बिकासकाे सारथि भएकाे बताउनुभएकाे छ । समृद्ध मेलम्ची निर्माण गर्ने अभियानमा याे बाटाेकाे काम सुरू हुनु खुशीकाे कुरा भएकाे बताउदै बाटाेमात्र नभई नगरका सबै क्षेत्रकाे बिकासमा आफ्नाे टिम लागिरहेकाे उहाँको भनाई छ । साथै निर्माण कम्पनिलाई जतिसक्दाे छिटाे गुणस्तरीय हिसाबले काम सक्न पनि उहाँले निर्देशन दिनुभएकाे छ ।
बागमति प्रदेश सरकारकाे बजेटमा साे सडक कालापत्रे हुन लागेकाे हाे । ओम बुध्द नंया युग जेभिले १७ कराेड ६६ लाख ६९ हजार ३ सय ६४ रूपैयाँ ६७ पैशामा सम्झाैता गरेकाे छ । ५ किलाेमिटर बाटाे कालाेपत्रे गर्नका लागि सम्झाैता भएकाे निर्माण कम्पनीका प्राेपाईटर घ्याल्बाे लामाले बताउनुभयाे ।
बाटाेकाे काममा ग्याविन वाल, मेसिनरि वाल, पल्मब वाल र आवश्यकता अनुसार कटिङ्ग र कालाेपत्रेकाे काम हुने उहाँले बताउनुभएकाे छ । समय अवधि २०८२/०२/२८ सम्म अर्थात २ बर्षकाे रहेकाे छ । ५.५ मिटर मिटर चाैडाई भएकाे बाटाे बन्नेछ ।
शिलान्यास कार्यक्रममा नगर प्रमुख आईतमान तामाङ, उपप्रमुख उमा प्रधान, वडा नम्बर १० का वडा अध्यक्ष अमृत खनालका साथै राजनितिक तथा सामाजिक व्यक्तिहरूकाे सहभागिता रहेकाे थियाे ।