इन्द्रावतीमा कृषि तथा पशु उद्यमशीलता विकास परियोजना अनुगमन, समन्वय समिति गठन

* # पालीका खबर समाचार समाज सिन्धुपाल्चोक

रबिन दनुवार, नवलपुर ।
कृषि तथा पशु उद्यमशीलता विकास परियोजना अनुगमन, समन्वय समिति गठन तथा स्थापना बैठक सम्पन्न भएको छ ।
हेफर नेपाल अन्तर्राष्ट्रिय संस्था र इन्द्रावती गाउपालिका विच समन्वय बैठक भएको हो । कार्यक्रममा पालिका अध्यक्ष झम्क नाथ नेपालको अध्यक्षता रहेको थियो ।

इन्द्रावती गाउपालिका अध्यक्ष झम्क नाथ नेपालले किसानहरुलाई कृषि क्षेत्रमा आत्मनिर्भर बनाउने र कृषि व्यवसायी करण गराउने उद्देश्यले संस्था सँग सम्झौता गरेको बताउनुभयो । उहाँले चेतनाको विकासलेमात्रै सबै खाले विकासको सम्भावना रहेको बताउदै संस्थाले कृषि विकासमा मात्रै नभई मानव चेतनाको विकासमा समेत टेवा पुर्याइरहेको तथ्यांक पाएको उहाँले बताउनुभयो । त्यसै अनुरुप परियोजनाले कृषि क्षेत्रमा मात्रै नभइ मानव चेतना विकासमा पनि टेवा पुर्याउने विस्वास रहेको अध्यक्ष नेपालले बताउनुभयो ।

आफू निर्वाचित भएर पदभार ग्रहण गरे सँगै आफू कुनै पार्टीको नभइ साझा व्यक्तिको रुपमा काम गरिरहेको बताउनुभयो । आफू सँग पवित्र भावना रहेको बताउदै आफू पवित्र भावनाका साथ पालिकाको विकासका निम्ति लागि परिरहेको उहाँले बताउनुभयो । पालिकाको बिकासको निम्ति आफ्नो दृष्टिकोणमा कुनै खोट नरहेको उहाँको तर्क रहेको थियोे ।

बैठकमा परियोजनाको अनुगमन तथा समन्वय समिति गठन तथा स्थापनाको बारेमा छलफल गरेको पालिका प्रवक्ता एवम् वडा नम्बर ५ का वडा अध्यक्ष शशिनाथ आचार्यले जानकारी दिनुभयो ।

उहाँका अनुसार इन्द्रावती गाउपालिका र हेफर नेपाल अन्तर्राष्ट्रिय संस्था विचको आर्थिक तथा प्राविधिक साझेदारीमा सामुदायिक विकास तथा वातावरण संरक्षण मञ्चद्वारा सञ्चालित कृषि तथा पशु विकासमा आधारित साना किसान तथा युवा उद्यमशील परियोजनाको पालिका अध्यक्ष झम्क नेपालको संयोजकत्वमा पालिकाको प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद सर्मा सदस्य सचिव रहने गरि सबै वडाका वडा अध्यक्षहरु लगायत पालिकाको विभिन्न शाखा प्रमुखहरु समेत सदस्य रहने गरि अनुगमन समिति गठन भएको हो ।

त्यस्तै वडागत रुपमा पनि वडा अध्यक्षको संयोजकत्वमा अनुगमन समिति गठन हुने उहाँले बताउनुभयो । ३७ हजार परिवारका महिला सदस्यहरुलाई १४८ स्वाबलम्बि समूह र एक सय युवाहरूलाई ४ वटा समुहमा संगठित गरि सहकारीमा आवद्ध गराइ काम अघि बढाइने संस्थाले जनाएको छ । कार्यक्रममा वडा अध्यक्षहरुले आ-आफ्नो सुझाव दिएका थियो ।

Leave a Reply