‘साथ’ को पालिका स्तरिय अभिमुखिकरण कार्यक्रम मेलम्चीमा सम्पन्न

* # पालीका खबर समाचार समाज सिन्धुपाल्चोक स्वास्थ्य

रेडियो मिसन ।

गुणस्तरीय स्वास्थ्यका लागी आफ्नै पहल ‘साथ’ सम्बन्धी पालिका स्तरिय १ दिने अभिमुखिकरण कार्यक्रम मेलम्चीमा सम्पन्न भएको छ । महिला आत्मनिर्भरता केन्द्र मांक र फेयर मेडको आयोजनामा भएको कार्यक्रमको इन्दुका कार्कीले सहजिकरण गर्नुभएको थियो ।

कार्यक्रममा गुणस्तरीय स्वास्थ्यका लागी आमा समुहको बैंककलाई निरंतरता दिने,सम्पुर्ण प्रजनन योग्य आमाहरुको उच्च सहभागीताको यकिन गर्ने, नसमेटिएका प्रजनन उमेर समुहका ब्यक्तिलाई समावेशीकरण गर्दै सेवा उपयोगितामा वृद्धि गर्न स्थानीय सरकारको पुर्ण सहयोगको लागी साथ, बिधि प्रक्रिया, तथा साथको फाइदा र महत्त्व बारे गाउँपालिका तथा नगरपालिका प्रमुख, वडा अध्यक्ष, स्वास्थ्य संयोजक, स्वास्थ्य संस्थाका इन्चार्ज, र नर्सिङ स्टाफ लगायत सम्पुर्ण महिला स्वास्थ्य स्वयंसेविका हरुको साथ बिधि कार्यान्वयनमा साझा बुझाइका साथ प्रभावकारी कार्यान्वयन गर्ने उद्धेश्य रहेको मांकका कार्यक्रम ब्यबस्थापक कृष्ण गुरुङले जानकारी दिनुभयो ।

छलफलमा नगरपालिकाका प्रमुख आइतमान तामाङ,उपप्रमुख उमा प्रधान,अन्य जनप्रतिनिधिहरु, स्वास्थ्य शाखाका कर्मचारी,स्वास्थ्य कर्मी र महिला स्वयं सेविकाहरुको सहभागिता रहेको थियो । कार्यक्रममा उपप्रमुख उमा प्रधानले यस्ता अभिमुखिकरण कार्यक्रमले स्वयंसेविका तथा स्वास्थ्य कर्मीहरुलाई काम गर्न सहज हुने बताउनुभयो । उहाँले समाजमा रहेर काम गर्दा देखिएका समस्याहरुको बारेमा बेला बेला यस्तै कार्यक्रमा मार्फत जानकारी गराउन अनुरोध गर्दै नगरपालिकाले त्यस्का विषयबस्तुहरुलाई प्राथमिकतामा राखेर कार्यक्रम गर्ने बताउनुभयो ।

Leave a Reply