वन मन्त्रालयको नाम फेर्न माधव सापकोटाकाे प्रस्ताव

* # विविध समाचार समाज

नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले वन तथा वातावरण मन्त्रालयको नाम फेर्न प्रस्ताव गर्नुभएकाे छ।

प्रतिनिधिसभाको बैठकमा वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीलाई प्रश्न सोध्ने क्रममा सांसद सापकोटाले मन्त्रालयको नाम फेर्न प्रस्ताव गर्नुभएकाे हाे।

‘रूपले सारको प्रतिनिधित्व गर्छ । वन तथा वातावरण मात्र यो मन्त्रालयको नाम छ । यसलाई परिवर्तन गरेर वन, वातावरण तथा जलवायु परिवर्तन मन्त्रालय राखेर सोहीअनुसार काम गर्न ढिला भएन र मन्त्रीज्यू ?’ सांसद सापकोटाले प्रश्न गर्नुभयाे ।

जलवायु परिवर्तनको बढ्दो प्रभाव न्युनिकरणको निम्ति मन्त्रालयको ध्यान बढी केन्द्रित हुनुपर्ने उहाँको भनाइ थियो ।

उहाँले जलवायु परिवर्तनको असर र प्रभावले बहुप्रकोपका संकट झेलिरहेको नेपाल सरकारले यसको सामना गर्न के योजना बनाएको छ भन्दै वनमन्त्रीसमक्ष प्रश्न गर्नुभयाे।

उहाँले पेरिस सम्झौताबाट अलग हुने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको घोषणाको चर्चा गर्दै जलवायु परिवर्तनको बहुप्रकोपको संकट झेलिरहेका नेपालजस्ता मुलुकमा त्यसको प्रभाव पर्ने बताउनुभयाे ।

Leave a Reply