ईन्द्रावति गाँउपालिकाको वडा नम्बर ३ मा निःशुल्क स्वास्थ्य परिक्षण सम्पन्न भएको छ । ईन्द्रावति गाँउपालिकाको वडा नम्बर ३ मा रहेको सिँहमति माविमा कार्यक्रम सम्पन्न भएको हो ।
नेपाली काङ्ग्रेस महाधिवेशन प्रतिनिधि उध्दब बानियाँले सो कार्यक्रमको सहजिकरण गर्नुभएको थियो । हर्निया,एलर्जी ,हाडजोर्नी ,जस्ता विविध रोगको चेकजाँच गरि औसधि बितरण गरि प्रत्यक्ष सेवा पुग्ने स्वास्थ र शिक्षा क्षेत्रमा यस्ता कार्यक्रमलाई निरन्तरता दिइने बानियाँले बताउनुभयो ।
साथै कार्यक्रममा चार लाख भन्दा बढीको औषधि विगरण्न गरेको पनि बानियाँले जानकारी दीनुभयो । महर्षि दिपक प्रतिष्ठानको (जिल्ला काठमाडौ ,गौशाला) आयोजना तथा (Youth For Nation & Hundreds Group) को समन्वयमा निशुल्क स्वास्थ परिक्षण गरीएको बानियाँले बताउनुभयो । उक्त स्वास्थ परिक्षण कार्यक्रममा ३०० जनाको स्वास्थ परिक्षण गरिएको बानियाँले जानकारी दीनुभयो ।
कार्यक्रममा इन्द्रावती गाउपालिका वडा नं ३ का वडा अध्यक्ष भिमसेन थापा, वडा सचिब खुमन गैरे तथा महर्षि दिपक प्रतिष्ठानको सचिब गौरव सिंह ठकुरीको उपस्थीती रहेको थियो ।