मेलम्ची नगरपालिकाद्वारा नेवार समुदायलाई धिमे बाजा वितरण

* # पालीका खबर समाचार समाज सिन्धुपाल्चोक

मेलम्ची ।
मेलम्ची नगरपालिकाले नेवार समुदायलाई धिमे बाजा बितरण गरेको छ । नेवार समुदायको संस्कृति जगेर्ना गर्ने उद्देश्यले नेवारी बाजा धिमें बाजा हस्तान्तरण गरेको हो । नगरपालिकाले वडा नम्बर ११ र ७ का नेवार समुदायका लागी बिहिबार एक कार्यक्रमका बिच नगरपालिकाका प्रमुख आइतमान तामाङ, उपप्रमुख उमा प्रधान,प्रमुख प्रशासकिय अधिकृत निमेष मिश्र लगायतले नेवाः देय दबु मेलम्ची नगर समितिलाई बाजा हस्तान्तरण गर्नुभएको हो ।

बाजा वितरण गर्दै नगर प्रमुख तामाङले नेवार समुदायको पहिचानलाई जोगाउनको लागि बाजा हस्तान्तरण गरिएको बताउनुभयो । प्रमुख तामाङले नगरपालिकाले मेलम्ची महोत्सव आयोजना गर्ने उद्धेश्य लिएको बताउँदै सबै जातजातीहरुको पहिचान र संस्कृती संरक्षणका लागी सामाग्री वितरण गरिएको बताउनुभयो ।

नेवाः देय दबु मेलम्ची नगर समितिका अध्यक्ष राधाकृष्ण श्रेष्ठले नगरपालिकालाई सहयोगको लागी धन्यवाद ब्यक्त गर्दै बाजा बजाउनका लागी तालिमको समेत माग गर्नुभयो ।

श्रेष्ठले नेवारी बाजाको संरक्षणमा सक्दो पहल गर्ने बताउनुभयो । कार्यक्रममा नेवाः देय दबुका जिल्ला सदस्य तथा मेलम्ची नेवा खल ज्ञानेन्द्र श्रेष्ठ, स्थानिय नेवार समुदाय नगरपालिकाका कर्मचारी लगायतको उपस्थिती रहेको थियो ।

Leave a Reply