यो बर्ष हेल्पद्धारा सिन्धुपाल्चोकका ५० विद्यार्थीलाई छात्रवृत्ति

* # शिक्षा समाचार समाज सिन्धुपाल्चोक

हेल्प (Helambu Education & Livelyhood Partnership)ले सिन्धुपाल्चोक जिल्लाका ५० जना विद्यार्थीहरुको लागि छात्रवृत्ति प्रदान गर्ने भएको छ । आज काठमाण्डौंमा आयोजित एक कार्यक्रमका बिच जिल्लाको विभिन्न विद्यालमा अध्ययन गरि कक्षा ११मा भर्ना भएका विद्यार्थीहरुको लागी छात्रवृत्तिको घोषणा गरिएको हो ।


कार्यक्रममा हेल्पका अध्यक्ष जिमि लामाले यो विगतको कार्यक्रमको निरन्तरता भएको बताउनुभयो । उहाँले उच्च शिक्षाका लागी अध्ययन गरिरहेका विद्यार्थीहरुको लागी यसले केही सहयोग पुग्ने विश्वास लिएको बताउनुभयो । यि विद्यार्थीले ११ , १२ कक्षाका लागि छात्रवृत्ति पाउने छन । कार्यक्रमको उदेश्यबारे बताउँदै उहाँले पढाईसँगसँगै सामाजिक उत्तरदायित्व बहन गर्नसमेत आग्रह गर्नुभयो ।


कार्यक्रममा पुर्व शिक्षा मन्त्री एवम् प्रतिनिधि सभा सदस्य शिशिर खनालले सम्पुर्ण विद्यार्थीहरुमा बधाई तथा शुभकामना व्यक्त गर्दै सिक्ने र सिकाउने प्रक्रिया कहिल्यै नसकिने बताउनुभयो । उहाँले संस्थाका अध्यक्ष जिमी लामाले सिन्धुपाल्चोकको शिक्षा क्षेत्रमा पुर्याउनु भएको योगदानको प्रशंसा गर्दै आज यो कार्यक्रमले धेरै विद्यार्थीहरुको भविष्य सुनिश्चित भएको बिश्वास लिएको बताउनुभयो ।

गण्डकी प्रदेशका प्रदेशसभा सदस्य एवम् शिक्षाका लागी राष्ट्रिय अभियानका पुर्व अध्यक्ष डिल्लीराम सुवेदीले जीवनको ठुलो सफलताको लागी हेल्प साहारा बन्न सक्ने बताउनुभयो । उहाँले यस कार्यक्रमले पढाई संगै सामाजिक उत्तरदायित्वको समेत बोध गराउने बताउनुभयो । हरेक ब्यक्तिमा बेग्लाबेग्लै क्षमता हुनेभएकाले विद्यालय शिक्षाले विद्यार्थीमा भएको अन्तर्निहित क्षमताको प्रस्फुटन गर्ने बताउनुभयो ।


समाज कल्याण परिषद्का सदस्य सचीव मनोज भट्टले हेल्पले शिक्षाको क्षेत्रमा धेरै पहिलादेखि महत्त्वपूर्ण कार्यक्रम गर्दै आएको बताउनुभयो । उहाँले देशको सुनौले रेखा कोर्नको लागी सबै मिलेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।


नायिका केकि अधिकारीले समाज परिवर्तन र आफ्नै परिबर्तनका लागि चालेको यो कदमले सार्थकता पाओस् भन्दै शुभकामना ब्यक्त गर्नुभयो । उहाँले बिशिष्ट ब्यक्तिहरुको उदाहरण दिदै निरन्तर आफ्नो लक्ष्य प्राप्तिमा लाग्न आग्रह गर्नुभयो ।

कार्यक्रममा साथी शिक्षक कार्यक्रम अन्तर्गत पाँचपोखरी थाङपाल गाउँपालिकाका विभिन्न विद्यालयमा अध्यापन गरि फर्किनु भएका शिक्षकहरुलाइ सम्मान गरिएको थियो ।

Leave a Reply