रेडियो मिसन ।
सुनकोशी गाउँपालिकाको पाँच किलो स्थित जिरी लामोसाँघु सडक खण्डमा गाडी दुर्घटना २ जनाको मृत्यू भएको छ भने ४ जना घाइते भएका छन् ।
बा १५ च ९३७० नम्बरको स्कार्पियो गाडी हुँदा घाइते भएका मध्ये २ जनाको खाडिचौर स्थित सिन्धु सदाबाहार अस्पतालमा उपचारको क्रममा मृत्यु भएको र अन्य ४ जना घाइते लाई थप उपचारको लागी धुलिखेल अस्पतालमा रिफर गरिएका लामोसाँघु प्रहरी चौकीले जानकारी दिएको छ ।
मृत्यू हुनेमा गाडी चालक काठमाण्डौ नागगर्जुनका उत्तम महर्जन रहेको र अर्का एक जनाको पहिचान हुन बाँकी रहेको प्रहरीले जनाएको छ । घाइतहुनेहरुमा रामेछाप उमाकुण्ड गाउँपालिका २ बस्ने ३७ वर्षीय संगिता बराईली र उनकी छोरी ८ वर्षीय युशा बराईली, रामेछाप गोकुलगंगा गाउँपालिका १ बस्ने ५५ वर्षीय डोल्मा शेर्पा र काठमाण्डौ नागर्जुन गाउँपालिका ७ बस्ने १४ वर्षीय प्रमोद महर्जन रहेको प्रहरीले जनाएको छ ।
आइतबार बिहान अन्दाजी साँढे ३ बजे गाडी आफै अनियन्त्रित भई सडकको घुम्तीबाट करिव ३०० मिटर तल खसेको थियो ।