मेलम्ची खोलामा बाढी : सरस्वती माध्यमिक बिद्यालय उच्च जोखिममा, सिमखेतमा फेरी सडक अबरुद्ध

* # समाचार समाज सिन्धुपाल्चोक

रेडियो मिसन ।
निरन्तरको वर्षा पछि मेलम्ची खोलामा आएको बाढीका कारण हेलम्बु ४ ग्याल्थुममा रहेको सरस्वती माध्यामिक बिद्यालय उच्च जोखिममा परेको छ । बिद्यालयको तल्लो भागमा बाढीले कटान गरेपछि जोखिम बढेको र आज बिद्यालयको पठनपाठन समेत बन्द गरिएको बिद्यालयका प्रधानाध्यापक कुमार प्रसाद घोरासैनीले जानकारी दिनुभयो । बिद्यालयमा ४ वर्षे स्नातक तह अन्तर्गत बिएड दोस्रो वर्षको आज अन्तिम परीक्षा समेत थियो।

बाढिले अहिले पनि बिद्यालयको तल्लो भागमा कटान गर्ने क्रम जारी रहेकोले बिद्यालय उच्च जोखिममा रहेको स्थानीय श्याम सुन्दर लामिछानेले जानकारी दिनुभयो । साथै अहिले बिद्यालयका महत्वपूर्ण समानहरु सुरक्षित स्थानमा सार्ने काम भइरहेको पनि लामिछानेले जानकरी दिनुभयो ।

यता हेलम्बु राजमार्ग अन्तर्गत मेलम्ची हेलम्बु जोड्ने सडकखण्डको सिमखेतमा बाटो अबरुद्ध भएको छ । बिगत देखिनै बाढीले कटान गरिरहने मेलम्ची ११ सिमखेतमा अहिले सवारी साधन आवतजावत गर्न सकिने अवस्था नरहेको र बाटो खुलाउन निरन्तरको वर्षा बाधक बनेको मेलम्ची नगरपालिकाले जनाएको छ ।

निरन्तरको वर्षा पछि आएको बाढीका कारण सिन्धुपाल्चोकको हेलम्बु लगायत बिभिन्न स्थानमा असर गरेको छ ।

Leave a Reply