एमाले पाँचपोखरीको अध्यक्षमा सुर्यमान दोङ

* # राजनीति समाचार समाज सिन्धुपाल्चोक
नेकपा एमाले पाँचपोखरी थाङपालको अध्यक्षमा सुर्यमान दोङ

नेपाल कम्युनिष्ट पार्टी (एमाले)पाँचपोखरी थाङपाल गाउँपालिका कमिटिको दोस्रो अधिवेशनबाट सुर्यमान दोङको अध्यक्षतामा ४८ सदस्यीय नयाँ कमिटि सर्बसहमत चयन गरिएको छ ।शनिबार भएको अधिवेशनबाट उपाध्यक्षमा दोकदोक तामाङ, सचिवमा सुशन बोम्जन , उप सचिवमा बुद्धिमाया गुरुङ र माइते दोङ तामाङ सर्बसहमत चयन हुनुभएको  नवनिर्बाचित अध्यक्ष दोङले जानकारी दिनुभयो ।अन्य सदस्य पछि मनोनीत गरिने दोङले बताउनुभयो ।

अधिवेशनको स्थायी कमिटि सदस्य शेरबहादुर तामाङ र केन्द्रिय सदस्य सुवास कर्मचार्य उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा सम्बोधन गर्दै स्थायी कमिटी सदस्य तामाङले एमाले माथि गलत हल्ला गर्दै चौतर्फी आक्रमण भएको बताँउदै त्यस्ता भ्रम चिर्न नेता कार्यकर्तालाई आग्रह गर्नुभयो । केन्द्रिय सदस्य कर्मचर्याले बिगतमा भएका कमिकमजोरीलाई अत्मसमिक्षा गरेर अघि बढ्नु पर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा केन्द्रिय सल्लाहकार परिषद सदस्य माधवप्रसाद पाण्डे , राष्ट्रिय प्रतिनिधि परिषद सदस्य सुनिता अधिकारी, प्रदेश कमिटि सदस्यहरु टासी लामा , देबेन्द्रबहादुर खत्री, अशोक चौलाँगाइ, जिल्ला अध्यक्ष होमनारायण श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

May be an image of 10 people and text
May be an image of 2 people, people studying and crowd
May be an image of 8 people and text
May be an image of blueprint and text
May be an image of text

Leave a Reply