रेडियो मिसन ।
निर्माण व्यवसायी संघ सिन्धुपाल्चोकको ७ औं अधिवेशन तथा १६ औं साधारण सभा बाट अध्यक्षमा युवा व्यवसायी दिपेन्द्र थापा अध्यक्षमा चयन हुनुभएको छ । थापासंगै प्रथम उपाध्यक्षमा सगुन श्रेष्ठ, द्वितीय उपाध्यक्षमा मोहन श्रेष्ठ, तृतीय उपाध्यक्षमा घनश्याम नेपाल, महासचिवमा जयचन्द्र कुमार लामा त्यसैगरी सचिवमा डबले लामा, कोषाध्यक्षमा बालसुन्दर कटुवाल, सहकोषाध्यक्षमा राजेन्द्र टीकारामा र महिला सदस्यमा निर्मला श्रेष्ठ निर्बिरोध निर्वाचित भएका छन् ।
६ सदस्य पदमा भने १८ जनाको उम्मेदवारी परेको छ । उक्त सदस्य पदको लागि भने अहिले सम्म सहमति नभईसकेको बुझिएको छ ।
व्यवसायी विच निर्वाचन गर्नु भन्दा सके सम्म सहमतिमा टुङ्याउन उचित हुँने हुँदा सर्वसहमति गर्ने प्रयास जारी राखेकोे निवर्तमान तृतीय उपाध्यक्ष राजेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।