बिकास निर्माणमा सघाँउदै प्रधानमन्त्रि रोजगार कार्यक्रम

* # पालीका खबर समाचार समाज सिन्धुपाल्चोक

प्रधानमन्त्री स्वरोजगार कार्यक्रमले स्थानिय तहको विकासमा टेवा पुगेको छ ।

सरकारले बेरोजगार नागरिकहरुलाई रोजगारी दिने उद्धेश्यले प्रधानमन्त्री स्वरोजगार कार्यक्रम मार्फत युवाहरुलाई काममा लगाएको थियो । हेलम्बु गाउँपालिकामा प्रधानमन्त्री स्वरोजगार कार्यक्रम प्रभावकारी बन्दै गएको छ ।

बेरोजगार नागरिकहरुको सहभागितामा गरिएको कामबाट अहिले विकास निमार्णको काममा टेवा पुग्नुका साथै स्थानियहरु लाभान्वित भएका छन् ।

प्रधानमन्त्री रोजगार कार्यकम अन्तर्गतका बजेटमा नाली सोरसार गर्ने, समान्य सडक मर्मत सम्भार गर्ने, साफ सफाइ गर्ने भन्ने आम बुझाइ रहेकोमा हेलम्बुमा भने सो कार्यक्रम अन्तर्गत दिर्घकालीन कार्यहरु गरेको हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताउनुभयो ।

हेलम्बु गाउँपालिका भित्र रहेका वस्ति–वस्तिका सडकहरु सोलिङ गरेपछि बाह्रै महिना यातायात सन्चालन हुनेगरी अधिकांश सडकहरु प्रधानमन्त्री रोजगार कार्यकम अन्तर्गत स्तरोन्नती भएको हेलम्बुकी रोजगार संयोजक शुभेक्षा आचार्यले जानकारी दिनुभयो ।


उहाँका अनुसार हेलम्बु वडा नं ५ को बोल्दे सडक र गिजेडाँडा हँुदै माने जाने गोरेटोबाटो, वडा नं २ को गणेशे बगर सडक सोलिङ र वडा नं ४ को मङसाम टोल गोरेटो बाटो, सहबारी टोल गोरेटोबाटो प्रधानमन्त्री रोजगार कार्यकम अन्तर्गत यस बर्ष मर्मत तथा स्तोरन्नती गरिएको हो ।

Leave a Reply