जनविकास माविमा हेल्पिङ ह्यान्डस् फर नेपाल नर्वेद्धारा शैक्षिक तथा अध्ययन सहयोग

* # पालीका खबर शिक्षा समाचार समाज सिन्धुपाल्चोक


चौतारा ११ को जनविकास माविमा हेल्पिङ ह्यान्डस् फर नेपाल नर्वेद्धारा शैग्कि तथा अध्ययन सामाग्रि सहयोग गरीएको छ । हेल्पिङ ह्यान्डस् फर नेपाल नर्वे संस्थाले जन विकास मावि पाथीभरामा अध्ययनरत २० जना गरिब र जेहेन्दार विद्यार्थीलाई शैक्षिक तथा अध्ययन सहयोग गरेको छ ।


जनविकास माविमा सम्पन्न कार्यक्रममा विद्यालयमा विभिन्न तहमा अध्ययनरत विद्यार्थीलाई स्कुल ब्याग,ड्रेस,ट्र्याक सुट,कपि कलम, डिजिट क्याल्कुलेटर लगायतका सामग्री वितरण गरेको हो ।


संस्थाले गत माघमा देशभरका सामुदायिक विद्यालयबाट कार्यक्रमको लागि प्रस्ताव माग गरेको थियो । सोही प्रस्ताव अनुसार सिन्धुपाल्चोकबाट सो कार्यक्रमको लागि जनविकास मावि मात्रै छनौट हुन सफल भएको थियो ।


विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष अशोक पराजुलीको अध्यक्षतामा विद्यालयमा भएको कार्यक्रममा अध्ययनरत विद्यार्थी र विद्यार्थीका अभिभावक समेतलाई बोलाएर अध्ययन सहयोग वितरण गरिएको अध्यक्ष अशोक पराजुलीले बताउनुभयो । शैक्षिक तथा अध्ययन सहयोगको लागि संस्थाले एक लाख रुपैयाँ उपलब्ध गराएको थियो ।

Leave a Reply