इन्द्रावतीमा फरक क्षमता भएकाहरूलाई ह्वीलचियर वितरण

* # जीवन शैली पालीका खबर समाचार समाज सिन्धुपाल्चोक स्वास्थ्य

रेडियो मिसन, नवलपुर

इन्द्रावती गाउँपालिकाका फरक क्षमता भएकाहरूलाई ह्वीलचियर वितरण गरिएको छ । आज एक कार्यक्रमका बिच गाउँपालिकाका १९ जना, बोडगाउँ अस्पतालका लागी र नवलपुर प्राथमिक अस्पताल गरी २१ वटा ह्वीलचियर वितरण गरीएको हो । 


लाभग्राहीलाई सहज हुने गरी वडा नम्बर १०, ११ र १२ का लागि भिमटारमा, वडा नम्बर ६, ७, ८, र ९ का लागि ज्यामिरेमानेमा र वडा नम्बर १ देखी ५ सम्मलाई गाउँपालिकामा वितरण गरिएको हो । साथै गाउँपालिकामा एक औपचारिक कार्यक्रम पनि गरिएको थियो । 


कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष झम्कनाथ नेपालले पालिकाका फरक क्षमता भएकाहरूका लागि गरेको यो सहयोगले उनीहरूको दैनिकीमा सहयोग पुग्ने बताउनुभएको छ । साथै आगामि दीनमा पनि निरन्तर साथ र सहयोगका साथै सहकार्यका लागि गाउँपालिका तयार रहेको उहाँले बताउनुभएको छ । 


यस्तै कार्यक्रममा बोल्दै लायन्स क्लब अफ काठमाण्डौं, सिन्धुपाल्चोक हेल्पिङ ह्याण्डका अध्यक्ष रमिला तिम्सिनाले सहयोग मन र भावना बोक्दै इन्द्रावती आइपुग्दा लाभग्राहीको अनुहारमा देखिएको खुसीले प्रफुल्लित भएको बताउनुभयो । आगामी दीनमा पनि निरन्तर साथ र सहयोग गरिरहने उहाँले प्रतिबद्धता जनाउनुभएको छ । 


बाल अपाङ्गता टेवा संस्थाका अध्यक्ष टेण्डी शेर्पाले अपाङ्गहरूका लागि विभिन्न निकायले गर्ने सहयोगमा पालिकाहरूले पनि संरचनागत रुपमा साथ दिँदै लैजानुपर्ने बताउनुभएको छ । आगामी दीनमा बन्ने सबै संरचनाहरू अपाङ्गमैत्री बन्नुपर्नेमा उहाँले जोड दिनुभएको छ । यसमा तिनै तहका सरकाल लाग्नुपर्ने र सरोकारवालाहरूले पनि साथ दीनुपर्ने बताउनुभएको छ । 


कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष शोभना तामाङ, वडा अध्यक्षहरू Lions Club of District 325 E का गर्भनर कर्मा गुरुङ्ग, First Lady अञ्जना गुरुङ्ग, लायन्स क्लबका सल्लाहकार जीवनलाल शर्मा पौडेल, बाल अपाङ्गता टेवा संस्थाका कोषाध्यक्ष गोविन्द न्यौपाने, बदन कुमारी शर्मा पौडेल सामाजिक ट्रस्ट नेपालका सल्लाहकार साध्य बहादुर भण्डारी, शंकर न्यौपाने, राम्रिमाँया श्रेष्ठ लगायत लायन्स क्लबका सदस्यहरूको सहभागिता रहेको थियो । 

ह्विलपचयर वितरणका लागि रेडियो मिसनले सहजिकरण गरेको थियो ।

Leave a Reply