नेविसंघद्वारा जिल्लाका सामुदायिक बिद्यालयहरुमा बिपिले लेखेका पुस्तक वितरण

* # राजनीति शिक्षा समाचार समाज सिन्धुपाल्चोक

रेडियो मिसन ।
यता नेविसंघले पनि जिल्लाका सबै सामुदायीक क्याम्पसहरुमा बिपिले लेखेका पुस्तकहरु वितरण गरेको छ । नेपालको राजनीति र साहित्यका शिखर पुरुष महामानव विश्वेश्वर प्रसाद कोइरालाको १११ औं जन्म जयन्तीको अवसरमा सामुदायिक क्याम्पसहरू साथै सामुदायिक लाइबेरीमा पुस्तक बितरण गरिएको हो । “बी.पी. पढौ, बी.पी. बुझौं“ भन्ने अभियान लिएर सिन्धुपाल्चोक जिल्ला प्रतिनिधिसभा क्षेत्र न २ अन्तर्गत रहेका सामुदायिक क्याम्पसहरू साथै सामुदायिक लाइबेरीमा बी.पी कोइराला द्वारा लिखित पुस्तकहरू हस्तान्तरण गरीएको हो ।


सिन्धुपाल्चोक जिल्लाबाट केन्द्रिय समितिमा प्रतिनिधित्व गर्ने केन्द्रिय सदस्यहरु करीना पुरी प्रविण कुमार कार्की, राजकुमार भट्टराई, निश्चल गिरी, बिदुर भट्टराई, साजन योन्जन, अनिल कुमार सापकोटा नेविसंघ सिन्धुपाल्चोक उपाध्यक्ष दिनेश चौलागाईं लगायतको लगायत बिद्यार्थीहरुको उपस्थितिमा पुस्तक वितरण कार्यक्रम सम्पन्न भएको नेपाल बिद्याथी संघ इन्द्रावति बहुमुखी क्याम्पसका इकाई अध्यक्ष सरोज बस्नेतले जानकारी दिनुभयो ।

Leave a Reply