रेडियो मिसन, नवलपुर ।
इन्द्रावती गाउँपालिका अध्यक्ष झम्कनाथ नेपालले वातावरणलाई मानवमैत्री बनाउनुपर्ने बताउनुभएको छ । मानवको लागि वातावरण अपरिहार्य भएकोले यसका लागी गाउँपालिकाले कदम चाल्ने उहाँको भनाई छ ।
वृक्षरोपणमा हाम्रो एकता, हरियाली सडक निर्माणमा प्रतिवद्वता भन्ने नारा सहित इन्द्रावती गाउँपालिका ४ नं वडा कार्यालयको आयोजनामा वातावरण संरक्षण तथा हरियाली प्रवर्द्वनका लागि वृक्षरोपण कार्यक्रम कर्यक्रमको अवसरमा आफ्नो भनाई राख्दै अध्यक्ष नेपालले भन्नुभयो “वाताबरणीय प्रभावका कारण जलवायु परिवर्तन हुने र यसको प्रभावले गर्दा अहिले मौसममा गडबडी आइरहने र समयमा पानी नपर्ने समस्या भएको छ, हरियाली प्रवर्द्वन गर्नु भनेको अक्सिजन उत्पादन गर्नु हो । हाम्रो वातावरण बिग्रिएको छ, यसको संरक्षण गर्नु हाम्रो दायित्व हो,” उहाँले भन्नुभयो । मानव सिर्जित कारण र बिकसित मुलुकले गरेको औद्योगिकरणका कारण वातावरण बिग्रिएको उहाँको भनाई छ ।
इन्द्रावती गाउँपालिकाको कार्यालय, नेपाल इन्भेष्टमेन्ट मेगा बैँक, मध्य सिन्धु बचत तथा ऋण सहकारी संस्था लिमिटेड, चेतनशिल प्रभाव नेपाल, नौली महादेव महिला बिकास बचत तथा ऋण सहकारी संस्था, निर्धन उत्थान लघुवित्त वित्तिय संस्था लि, सब डिविजन वन कार्यालय नवलपुर, राजनितिक दल तथा समाजसेवी लगायतको सहयोगमा भएको कार्यक्रममा वडा अध्यक्षहरू, राजनितिक दलका प्रतिनिधि, संघ संस्थाका प्रतिनिधि, सहकारी प्रतिनिधि, पत्रकार, सुरक्षा निकायका प्रतिनिधि लगायत स्थानियहरूको सहभागिता रहेको थियो ।
वृक्षरोपण कार्यक्रमको लागि सामुदायिक लघुबित्त वित्तिय संस्थाले १० हजार सहयोग पनि गरेको छ । औपचारिक कार्यक्रमको वडा सचिव मदन कुमार भट्टराईले सञ्चालन गर्नुभएको थियो ।