वडा कार्यालय पायक पर्ने स्थानमा बनाउन माग गर्दै इन्द्रावती ३ लाई वडावासीको ज्ञापनपत्र 

* # पालीका खबर समाचार समाज सिन्धुपाल्चोक

कुञ्चोक,

इन्द्रावती गाउँपालिका वडा नं ३ को कार्यालय निर्माणको विषय यतिबेला चर्चामा रहेको छ । इन्द्रावती गाउँपालिका वडा नं ३ का नागरिकको भावना विपरित वडा कार्यालय नागरिकको लागी अपायक स्थानमा बनाउन लागेको भन्दै सयौँको सङ्ख्यामा स्थानीयले वडा कार्यालयमा पुगेर ज्ञापनपत्र बुझाएका हुन् ।

ज्ञापनपत्र बुझाउँदै वडा नं ३ का नागरिकहरूले चालु वर्षको बजेट अधिवेशनमा वडा नम्बर ३ को कार्यालय भवन निर्माण सम्बन्धमा खुतुमेडाँडा केन्द्र कायम हुनेगरि वडा समितिको प्रस्ताव गाउँसभाले पास गरिसकेको भन्ने थाहा पाउँदा बहुसंख्यक वडाबासी असन्तुष्टि रहेको नागरिकहरूले बताएका छन् ।

“वर्तमान समयमा अभ्यासमा रहेको बहुदलीय राजनीतिक प्रणालीमा बहुमतको शासन र अल्पमतको सम्मान प्राकृतिक कुरा हो” ज्ञापनपत्रमा भनिएको छ, “हालै भएको वडा कार्यालय सम्बन्धी निर्णयले राजनीतिक रुपमा अल्पमतको अनादर त भयो नै, बहुसंख्यक नागरिकको अवमूल्यन समेत भएको छ” । ज्ञापनपत्रमा भनिएको छ ।

ज्ञापनपत्र बुझ्दै वडा अध्यक्ष भिमसेन थापाले वडावासीले बुझाएको ज्ञापनपत्रमा आफ्नो ध्यानाकर्षण भएको बताउनुभयो । खोलो नलाग्ने, पहिरो नलाग्ने, वातावरणमैत्री, पूर्वाधारको विकासको हिसाबले खुतुमे डाँडो भएकाले वडा समितिले सोही अनुसारको निर्णय गरेको उहाँको भनाई छ । तर वडावासीहरूलाई कुन ठाउँ पायक पर्छ, कुन ठाउँ उचित पर्छ त्यो ठाउँ निर्णय गरेर आएमा आफू स्वीकार्न तयार रहेको जानकारी दिनुभयो । वडा कार्यालय बनाउन निर्विवाद र उपयुक्त ठाउँ तय गर्न पनि वडावासीहरूलाई उहाँले सुझाव दिनुभएको छ । “तपाईँहरू जग्गा मिलाउनुस् म गाउँपालिका बाट निर्णय गराउनेछु”, वडा अध्यक्ष थापाले भन्नुभयो ।

त्यस्तै पूर्व वडा अध्यक्ष देव प्रसाद बानियाँले वडा कार्यालय निर्माणको लागी जग्गा छनौट गर्न १ महिनाको समय दिन वडा कार्यालयलाई आग्रह गर्नुभयो । “पार्टी प्रतिनिधि बसेर १ महिना भित्रमा जग्गाको व्यवस्थापन गरौँ”, उहाँले भन्नुभयो । वडा कार्यालयको लागि जग्गा व्यवस्थापन गर्ने भनेर समिति गठन गर्न पनि उहाँले सुझाव दिनुभयो । त्यसो गर्दा पब्लिकको कदर हुने उहाँको भनाई छ । वडावासीहरू विकास निर्माणको बाधक नभएको पनि उहाँले प्रस्ट पार्नुभयो ।

त्यस्तै समाजसेवी भुपेन्द्र बानियाँले जग्गा व्यवस्थापन गर्न वडावासीहरूलाई वडाले समय दिनुपर्ने उहाँले बताउनुभयो । “जग्गा व्यवस्थापन गर्न यो यो ब्यक्ति लाई भनेर जिम्मेवारी दिनुस् हामी जग्गा व्यवस्थापन गर्छाैँ ”, बानियाँले भन्नुभयो ।

वडाबासीको दवावपछि सर्वदलिय र वडाको बैठक बसेर तार्किक निष्कर्षमा पुग्ने सहमति भएको नेपालि काँग्रेसका नेता उद्धव बानियाँले जानकारी दिनुभयो । बल्काबारी देखि सिंहमती सम्ममा वडा कार्यालयको केन्द्र पर्ने वडावासीहरूको भनाइ रहेको थियो ।

ज्ञापनपत्र यस्तो छ :

Leave a Reply