वृक्षारोपण गर्दै इन्द्रावती ५ मा विश्व वातावरण दिवस मनायो

* # समाचार समाज सिन्धुपाल्चोक

रेडियो मिसन ।
विश्व वातावरण दिवसको अवसरमा इन्द्रावती गाउँपालिका ५ मा वृक्षारोपण गरिएको छ । वडाअध्यक्ष शशिनाथ आचार्यले पिपलको विरुवा वृक्षारोपण गरेर कार्यक्रमको सुरुवात गर्नुभएको थियो ।
हाम्रो भुमि हाम्रो भविस्य भन्ने मुल नारा सहित बुधबार सव डिभिजन वन कार्यालय नवलपुर र मेलम्चीको संयुक्त आयोजनामा इन्द्रावती गाउपालिका वडा नम्बर ५ गोरक्षानाथ धामको परिसरमा विभिन्न जातका विरुवाको वृक्षारोपण गरीएको हो । सो अवसरमा वर, पिपल, समी, कपुर, अमला, आँप, बेल, कल्कीफुल लगायतका बिरुवा रोपिएकोे सव डिभिजन वन कार्यालय मेलम्चीका अधिकृत बच्चुराम पुडासैनीले जानकारी दिनुभयो । कार्यक्रममा वडाअध्यक्ष आचार्यले मानव जीवनलाइ अति आवश्यक पर्ने अक्सिजन रुख, बिरुवाबाट नै प्राप्त गर्ने भएकाले यसलाइ संरक्षण गर्नु मानव जातिको पहिलो दायित्व रहेको बताउनुभयो ।
कार्यक्रममा योगि ह्वाइट तारानाथ महाराज र योगि दिदारनाथ महाराज लगायतका स्थानीयको उपस्थिति रहेको सव डिभिजन वन नवलपुरका कार्यालय अधिकृत पन्नालाल चौरसियाले जानकारी दिनुभयो । कार्यक्रमा समाजसेवी रत्न प्रसाद आचार्य, साहित्यकार जगन्नाथ आचार्यले आफ्नो मन्तव्य राख्नुभएको थियो ।

Leave a Reply