सिन्धुपाल्चाेककाे मेलम्ची नगरपालिका वडा नम्बर ५ स्थित गोलपुले टोलमा गएराति गएको पहिरोले करिव १० लाख बराबरको क्षति गरेको छ ।
राति करिव १ बजे गएको पहिरोले सुकुमान सार्किको एक वटा लैनो भैसि, गाइको बाछो, सुभान सार्किको एउटा बाख्राको पहिरोमा पुरिएर मृत्यु भएको स्थानियले जानकारी दिएका छन् ।
पहिरोले ३ वटा गोठ र २ वटा घरमा क्षति पुगेको वडा अध्यक्ष राजु रायमाझीले बताउनुभयाे । पहिरोमा पुरिएका सामाग्री तथा वस्तुभाउको वडा अध्यक्ष लगायत जनप्रतिनिधि, नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायत स्थानीयको उपस्थितिमा उद्दार गरिएको छ ।
पहिराे बाट प्रभावितकाे लागि तत्कालै १ सेट सामानकाे व्यवस्था नगरपालिकाले मिलाउने नगरपालिकाका प्रवक्ता समेत रहेका वडा अध्यक्ष रायमाझीले जानकारी दिनुभयाे। ‘सुरक्षित ठाउँ पाए प्रभावित अाफै सुरक्षित ठाउँमा बस्नुहुन्छ, नपाएमा वडा कार्यालय नजिकैकाे भवनमा हामी व्यवस्थापन गर्छाैँ’, रायमाझीले भन्रुभयाे । पहिराे राेकथामकाे लागि वडा कार्यालयले जनशक्ति व्यवस्थापन गरेकाे बताइएकाे छ ।
नगरपालिका बाट उपप्रमुखकाे नेतृत्वमा साे पहिराे गएकाे ठाउँमा अनुगमन भएकाे छ । पहिरोको क्षति निरीक्षण पश्चात मेलम्ची नगरपालिकाका उपप्रमुख उमा प्रधानले जोखिममा नबस्न र सचेत हुन समेत आग्रह गर्नुभयाे । बस्तीको तल माथीनै पहिरो गएकाले झनै जोखिम रहेको स्थानीयले बताएका छ्न ।