काठमाडौँ ।
मेलम्ची नगरपालिकाले सातौं संस्करणको सिन्धुपाल्चोक जिल्ला स्तरी पाँचपोखरी टि-२० क्रिकेट प्रतियोगितामा विजय सुरुवात गरेको छ। आज भएको खेलमा भोटेचौर स्पोर्ट्स क्लबलाई २३ रनले पराजित गर्दै मेलम्चीले विजय सुरुवात गरेको हो। मेलम्चीले दिएको १४७ रनको लक्ष्य पछाएको भटेचौरले १९.२ ओभरमा अल आउट हुँदै १२३ रन मात्र बनाउन सक्यो।
भोटेचौरका दुर्गेश थापाले ३७, राजेश चौलागाईंले २६ रन तथा निश्चल थापाले १९ र सुमित झाले १४ रन बनाए पनि जित निकाल्न सकेन। मेलम्चीका सोनु देवकोटा र उत्तम थापा मगरले समान ३ विकेट हात पार्नुभयाे ।
त्यसअघि टस हारेपछि ब्याटिङको निम्तो पाएको मेलम्चीले १८ अभार ५ बलमा १४६ रन बनाएको थियो। मेलम्चीका उत्तम थापा मगरले ५९ र रिन्जीन लामाले ४५ रन बनाउन बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अङ्कमा रन जोड्न सकेन । भटेचौरका दुर्गेश थापा र राजिव चौलागाईंले समान तीन विकेट लिनुभएकाे थियाे ।
त्यस अघि भएको आजको खेलमा साँगाचोक युवा क्लबलाई आठ विकेटले हराउँदै द माइटी साँगाचोक क्लबले आफ्नो तेस्रो खेलमा दोस्रो जित निकालेको छ ।
यो सँगै उसले समूह ए मा अङ्कतालिकाको शीर्ष स्थानमा स्थान बनाएको छ। पहिलो खेलमै जित निकालेको मेलम्ची पनि समूह बीको अंक तालिकामा शीर्ष स्थानमा रहेको छ।