मेलम्ची नगरपालिका पुँजिगत खर्चमा अब्बल : कुल बजेटको ८०.७६ प्रतिशत खर्च

* # अर्थ बाणिज्य पालीका खबर समाचार समाज सिन्धुपाल्चोक


मेलम्ची नगरपालिकाले चालु भन्दा पुँजीगत खर्च बढी गरेको छ । नगरपालिकाले चालु भन्दा पुँजीगत खर्च बढी गरेको लेखा अधिकृत मुरारी पुडासैनीले जानकारी दिनुभयो ।
नगरपालिकाको २०७९/०८०मा चालु तर्फ विनियोजित रकमको ८०.६७ प्रतिशत रकम खर्च भएको छ भने पुँजीगत तर्फ विनियोजित रकमको ८०.७६ प्रतिशत खर्च भएको अधिकृत पुडासैनीले जानकारी दिनुभयो । नगरपालिकाले २०७९/०८०मा चालुतर्फ ९५ करोड ३ लाख १९ हजार विनियोजन गरेकोमा ७६ करोड ६६ लाख ५० हजार खर्च गरेको हो ।


मेलम्ची नगर प्रमुख आइतमान तामाङले समिक्षा बैठकमा आफ्नो कार्यकालको पहिलो बर्षमा यो उपलब्धी हासिल भएकोमा खुशि ब्यक्त गर्दै सम्पुर्ण जनप्रतिनिधि र कर्मचारीहरुमा धन्यवाद ब्यक्त गर्नुभयो । उहाँले आगामी बर्षमा चालुभन्दा पुँजीखर्च बढाउनका लागि नगरपालिका लागी परेको बताउनुभयो ।


यो उपलब्धी हासिल गर्नका लागि नगरपालिकाका जनप्रतिनिधिहरु,सम्पुर्ण शाखाका कर्मचारी,इन्जिनियर तथा प्राविधिक टोलि उपभोक्ता समिति लगायतको निरन्तर प्रयासबाट मात्र सम्भव भएको उपप्रमुख उमा प्रधानले बताउनुभएको छ ।


त्यस्तै पुँजीगत तर्फ ७८ करोड ५३ लाख ३२ हजार खर्च भएको हो । यसरि हेर्दा नगरपालिकाको चालुभन्दा पुँजीगत खर्च बढी गरेको देखिन्छ । मेलम्चीले २०७८/०७९मा चालुतर्फ ७६.१६ प्रतिशत र पुँजीगत तर्फ ५४.२ प्रतिशत मात्रै खर्च गरेको नगरपालिकाले २०७९/०८०मा भने उल्लेख्य सुधार गरेको प्रमुख प्रशासकिय अधिकृत अमृतकुमार धितालले जानकारी दिनुभयो ।


देशभरिकै सघं, प्रदेश र स्थानियतहको बजेटमा चालु भन्दा पुँजीगत खर्च बढीगर्ने भनिएपनि कार्यान्वयनको अवस्था भने कमजोर रहेको छ । सरकारी तथ्यांक हेर्दा सम्भवत चालुभन्दा पुँजीगत खर्च बढी गर्ने मेलम्ची नगरपालिका देशकै पहिलो नगरपालिका हुनसक्ने अनुमान समेत गर्न सकिन्छ ।


गत आर्थिक बर्षमा सघिंय सरकारको चालुतर्फ ८५, पुँजीगततर्फ ६१ दशमलव ४४ र वित्तीय व्यवस्थातर्फ ८२ दशमलव ५८ प्रतिशत बजेट खर्च भएकोे महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कबाट देखिन्छ ।


सरकारले विकासका लागि छुट्टयाएको बजेटको ठुलो हिस्सा खर्च गर्न नसकेर प्रत्येक वर्ष ठूलो समस्या हुने गर्छ । नेपालमा चालू खर्च बढी र पुँजीगत खर्च कम भयो भनेर हरेक बर्ष आलोचना पनि हुँदै आएको छ । यस्तो अवस्थामा पनि मेलम्ची नगरपालिका चालुभन्दा पुँजीगत खर्च बढाउन सफल भएको हो ।

Leave a Reply