रेडियो मिसन, नवलपुर ।
इन्द्रावती गाउँपालिकामा दुई दिने भू-वर्गीकरण सम्बन्धी प्रबोधिकरण तथा कर्मचारी क्षमता विकास तालिम सुरु भएको छ । गाउँपालिकाकाको आयोजनामा आज र भोलि चल्ने तालिममा नेपाल सरकारको हालसालै लागु गरेको भु वर्गीकरण सम्बन्धी कर्मचारीहरुलाई तथा जनप्रतिनिधिहरूलाई प्रबोधिकरण गरिनुका साथै वडास्तरको सेवा प्रवाह लाई चुस्त, दुरुस्त, छिटो छरितो र E–Government मा लैजान वडा सचिब तथा एक जना कम्प्युटर सम्बन्धी काम गर्ने कर्मचारीको क्षमता विकास गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको गाउँपालिकाले जनाएको छ ।
साथै तालिमबाट विद्युतीय माध्यमबाट राजस्व संकलन तथा व्यवस्थापन जिन्सी व्यवस्थापन तथा संरक्षण पञ्जिकरण र सार्बजनिक खरिद आदि बिषयमा क्षमता बिकाश हुने तालिमका प्रशिक्षक तथा गाउँपालिकाका अधिकृत पुष्पराज न्यौपानेले जानकारी दिनुभयो ।
गाउँपालिका तथा वडाका जनप्रतिनिधि, विषयगत शाखाका कर्मचारीहरू वडा अध्यक्ष कार्यपालिका सदस्य लगायत वडाका कर्मचारीहरु सहभागी तालिमको सहजिकरण जिल्ला नापी कार्यलयका इन्जिनियर सुमन पन्त, प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद शर्मा, अधिकृत पुष्पराज न्यौपाने र लेखा अधिकृत सुजता गौतमले गर्नुभएको छ ।