स्वः लामाप्रति ईन्द्रावती काँग्रेसद्धारा श्रद्धाञ्जली अर्पण

* # राजनीति समाचार समाज सिन्धुपाल्चोक

नेपाली कांग्रेस सिन्धुपाल्चाेकका पुर्व सभापती बिकास लामाकाे स्मृतिमा नेपाली कांग्रेस इन्द्रावती गाउँपालिकाले श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ ।

२०१६ साल असाेज १६ गते जन्मनुभएका लामाकाे २०८० असार ९ गते निधन भएकाे थियाे । लामाकाे निधन भएकाे २८ औँ दिनकाे श्रद्वाञ्जली सभा इन्द्रावती ९ भाेटसिपामा सम्पन्न भएकाे हाे । राजनिति मार्फत समुदायमा महत्वपूर्ण योगदान दिँदै आउनुभएका लामाको असामयिक निधनले लामा परिवार, समग्र पार्टी पङ्क्ति स्तब्ध हुनुका साथै नेपाली कांग्रेस सिन्धुपाल्चाेककाे राजनितिमा अतुलनीय क्षति पुगेको कुरा कार्यक्रममा स्मरण गरिएकाे थियाे ।

इन्द्रावती गाउँपालिकाको भाेटसिपामा आयोजित पार्टीका नेता बिकास लामाको शोक सभामा बोल्दै पुर्व केन्द्रीय सदस्य विष्णुविक्रम थापाले एक कुशल अभिभावक गुमाउँदा पार्टीलाई ठुलो क्षति पुगेको बताउनुभयो । लामा संघर्सशिल ब्यक्ति भएकाे बताउँदै बहुदल आएपछि भाेटसिपामा एमाले र राप्रपाकाे दवदवामा पनि पार्टीलाई अगाडि बढाएकाे स्मरण गर्नुभयाे ।

शाेक सभामा बाेल्दै नेपाली कांग्रेस सिन्धुपाल्चाेक जिल्ला सभापती जंग बहादुर लामाले आफु बिकास लामाकाे चेला भएकाे बताउनुभयाे । “मलाई अहिले याे ठाउँ सम्म पुराउन उहाँकाे ठुलाे भुमिका छ”, उनले स्वर्गीय लामालाई सम्झिँदै भन्नुभयाे । “उहाँले दिनुभएकाे शिक्षा र प्रशिक्षणले म अहिले जिल्ला सभापती भएकाे हुँ । उहाँकाे अपुराे काम पूरा गर्न तर्फ लागाैँ “, उहाँले भन्नुभयाे । साथै स्वर्गीय लामाकाे बिचारलाई अंगालेर अघि बढ्ने समेत उहाँले प्रतिवद्वता ब्यक्त गर्नुभयाे ।

महासमिति सदस्य राजेन्द्र गाेर्खालीले लामालाई स्मरण गर्दै जिल्लामा चाैथाे पार्टी बाट नेपाली कांग्रेसलाई पहिलाे पार्टी बनाउन लामा सफल भएकाे बताउनुभयाे । स्थानिय तहकाे निर्वाचनमा आफ्नै वडा बाट लामाले न्याय पाउन नसकेकाे गाेर्खालीले बताउनुभयाे । स्वर्गीय बिकास लामाकाे सालिक बनाउने काम भइरहेकाे समेत उहाँले जानकारी दिनुभयाे ।

नेपाली कांग्रेसका नेताहरू बिल बहादुर तामाङ, उद्वव वानियाँ, पुर्व जिल्ला सहसचिव अनुप न्याैपाने, माओवादि केन्द्र बागमती प्रदेश सदस्य वीर बहादुर तामाङ, नेपाली कांग्रेस बागमती प्रदेश प्रतिनिधि दया कुमारी मिश्र, नेपाल ट्रेड युनियन काँग्रेस सिन्धुपाल्चोक अध्यक्ष इश्वरी न्याैपाने लगायतले श्रद्वाञ्जली सभामा मन्तव्य राखेका थिए ।

नेपाली कांग्रेस इन्द्रावती गाउँपालिका सभापती जीवन कुमार थापामगरले बिकास लामा एक सच्चा नेता रहेकाे बताउनुभयाे । लामाले नेपाली राजनितिमा दिएकाे याेगदान अविश्मरणिय रहेकाे उहाँकाे भनाई थियाे ।

Leave a Reply