यसै बर्ष इन्द्रावती गाउँपालिकामा ३० किमि सडक कालाेपत्रे गरिने भएकाे छ । इन्द्रावती गाउँपालिकाकाे आर्थिक बर्ष २०८०/०८१ सालकाे नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँपालिका प्रवक्ता शशिनाथ आचार्यले साे कुरा बताउनुभएकाे हाे ।
नेपाल सरकार, बागमती प्रदेश सरकार र इन्द्रावती गाउँपालिकाकाे लगानीमा यसै बर्ष ३० किमि सडक कालाेपत्रे गरिने र ५९ किमि सडक ग्राभेल गरिने प्रवक्ता शशिनाथ आचार्यले जानकारी दिनुभयाे ।
गाउँपालिकाकाे केन्द्र बाट १२ वटै वडा कार्यालयसम्म आवतजावत गर्ने सडक स्तराेन्नती गरि बाह्रै मास सवारी साधन चल्न सक्ने बनाइनेछ नीति तथा कार्यक्रममा समावेश छ ।
साथै गाउँपालिका भित्रका नवलपुर बजार क्षेत्र र बजाराेन्मुख टाेल बस्तीका सडकहरूमा वैकल्पिक उर्जा मार्फत उज्यालाे सडक कार्यक्रम तर्जुमा एवम् कार्यान्वयन गरिने नीति तथा कार्यक्रममा समावेश छ ।
नवलपुरबाट लहरेमाने, गुफाडाँडा, नालिङ, ओख्रेनी पर्यटन पदमार्गकाे बिकास गरिने । छिमेकी पालिकासंग समन्वय गरि अन्तर पालिका पर्यटन प्रवर्द्वनमा जाेठ दिई गुफाडाँडा र पाँचपाेखरीकाे गन्तव्य मार्गका रूपमा इन्द्रावतीलाई विकास गरिने जस्ता कार्यक्रमहरू नीति तथा कार्यक्रममा समावेश छ ।