पाँचपोखरीमा ट्रेकिङ गाईड तालिम सुरु

* # समाचार समाज सिन्धुपाल्चोक

facebook sharing button 

पाँचपोखरी थाङपाल गाउँपालिका र जिविकोपार्जन पुनःउत्थानका लागि दिगो पर्यटन परियोजना (एसटीएलआरपी) को सहयोग तथा नेपाल पर्वतारोहण प्रशिक्षण प्रतिष्ठान (एनएमए) संगको सहकार्यमा पाँचपोखरी थाङ्पाल गाउँपालिका वडा नम्बर ६ टारमा १५ दिने ट्रेकिङ गाईड तालिम सुरु भएको छ ।

गाउँपालिका र जीविकोपार्जन पुनरुत्थानका लागि दिगो पर्यटन परियोजना (Qm\LRP) बिचकोसाझेदारीमा बुधबारबाट सुरु भएको तालिम पुस ४ गतेसम्म चल्ने गाउँपालिकाका कर्मचारी युराज भट्टराईले जानकारी दिनुभयो । पर्यटनको प्रचुर सम्भावना बोकेको पाँचपोखरीमा पर्यटनको प्रर्वद्धन गरी स्थानिय स्तरमै रोजगारीको सिर्जना गर्ने उद्धेश्यले तालिमको आयोजना गरिएको गाउँपालिकाका अध्यक्ष टासी लामाले जानकारी दिनुभयो । उहाँले पाँचपोखरीलाई पर्यटनको हब बनाउनका लागी गाउँपालिका लागी रहेको बताउनुभयो ।

तालिममा गाउँपालिका भित्रका १५ जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको छ । तालीममा ट्रेकिङको बारे पर्यटन जानकारी, गाउँपालिकाको भूगोल, वातावरण, धर्म इतिहास, पर्यटन व्यवहार, पदयात्रा र पर्वतारोहण, पदयात्रामा सुरक्षा र सुरक्षा, जोखिमहरूका बारेमा प्रशिक्षण दिइने नेपाल पर्वतारोहण प्रशिक्षण प्रतिष्ठानका अधिकृत हिमाल पण्डितले बताउनुभयो ।

No description available.

यसले रोजगारीको अवसर मिल्नुका साथै पर्यटनको समेत प्रर्वद्धन हुने अपेक्षा रहको अध्यक्ष लामाले बताउनुभयो । उहाँले तालिम व्यवहारिक र प्रभावकारी हुनुपर्ने बताउनुभयो । तालिम उद्घाटन सत्रमा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत लक्ष्मण कुईंकेलले गाउँपालिकाको योजना भनेकै पर्यटन, कृषि,वन र जलाधार भएकाले यसै अनुसार अगाडी बढेको बताउनुभयो ।

उहाँले पाँचपोखरीको पर्यटनका लागी यो तालिम फलदायी हुने विस्वास लिइएको बताउनुभयो । तालिमको अधिकृत हमाल र अनिश दाहालले सहजिकरण गर्नुहुने पाँचपोखरी पर्यटन बोर्डका सदस्य सचिव मुकुन्द पाण्डेले जानकारी दिनुभयो ।साथै यहि मङ्सिर २५ देखि २८ गते सम्म होमस्टे सञ्चालकका लागि तालिम पनि सञ्चालन गरिने उहाँले बताउनुभयो । कार्यक्रम पाँचपोखरी पर्यटनबोर्डका अध्यक्ष ङिमाछिरिङ तामाङको अध्यक्षतामा भएको हो ।

Leave a Reply