मेलम्ची नगरपालिकाले खुल्ला रुपमा राखेका पसलहरु हटाएको छ । मेलम्ची बजारमा खुल्ला ठाँउमा सडक पेटीमा अस्थायी पसल राखी मिठाई बेचिरहेकाहरुलाई नगरपालिकाले हटाएको हो ।
धुँवाधुलोको विचमा राखेर बेचिएका मिठाई लगाएतका खानेकुराहरुले नागरीकको स्वास्थ्यमा प्रतिकुल असर पर्ने भएकाले हटाईएको मेलम्ची नगरपालिकाका राजस्व शाखा प्रमुख राजेन्द्र दुलालले बताउनुभयो । केहीलाई सचेत गराई छाडेको र केहीको सामान जफत गरेको उहाँले जानकारी दिनुभयो । जफत भएका सामान फीर्ता लिनको लागि नगरपालिकाले तोकेको जरीवाना तिरेर सामान फीर्ता दिन सकिने शाखा प्रमुख दुलालले बताउनुभयो ।
भोलि मातातिर्थ औंसिको अवसरमा आम नागरीकले अस्वस्थ र अखाद्य खानेकुरा खान नपरोस भन्ने हेतुले बजारका खुल्ला रुपमा राखीएका पसलहरु हटाएको उहाँले जानकारी दिनुभयो । यसअघी पनि नगरपालीकाले विभिन्र समयमा बजार अनुगमन गरीरहेकाे छ ।
नगर प्रमुख आइतमान तामाङको निर्देशनमा नगरपालिका, ईलाका प्रहरी कार्यालय मेलम्ची, मेलम्ची नगर उद्योग बाणिज्य संघ र सञ्चारकर्मीहरुको उपस्थीतीमा बजारको अनुगमन गरीएको हो ।
अनुगमनमा मेलम्ची नगरपालिकाका राजस्व शाखा प्रमुख राजेन्द्र दुलाल, वातावरण तथा विपद शाखा प्रमुख सुजन दुलाल, मेलम्ची नगर उद्योग बाणिज्य संघका अध्यक्ष पुष्कर प्रसाद धिताल, ईलाका प्रहरी कार्यालय मेलम्चीका प्रतिनिधी लगाएतको उपस्थीती रहेको थियो ।





