जलेश्वरी आधारभूत विद्यालयको ६९ औँ वार्षिकोत्सव सम्पन्न 

* # पालीका खबर शिक्षा समाचार समाज सिन्धुपाल्चोक

 रबिन दनुवार, नवलपुर ।
इन्द्रावती गाउपालिका वडा नम्बर ४ पाडामरुवा स्थित श्री जलेश्वरी आधारभूत विद्यालयको ६९ औँ वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ । इन्द्रावती गाउपालिका अध्यक्ष झम्क नाथ नेपालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । 

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक भिमसेन अधिकारीले  निमावि तहको दरबन्दीको अभाव भएको बताउनुभयो । 
अधिकारीले अभाव शिक्षक दरबन्दीको व्यवस्थापन गरिदिन पालिका अध्यक्ष समक्ष माग समेत राख्नुभयो । 

इन्द्रावती गाउपालिका वडा नम्बर ४ का अध्यक्ष क्षेत्र बहादुर तामाङले वडा महत्वपूर्ण लक्ष्य शैक्षिक गुणस्तर गर्ने रहेको बताउनुभयो । विद्यालयको भौतिक पूर्वाधार निर्माण, संरक्षण तथा शैक्षिक गुणस्तरीयतामा आफू सकारात्मक भएको उहाँले बताउनुभयो ।

आगामी दिनमा शैक्षिक क्षेत्रमा गुणस्तरीयता ल्याउन वडाबाट पहल गर्ने अध्यक्ष तामाङले बताउनुभयो । विद्यार्थीको सिकाइ, पढाइलाई अभिभावकले विशेष रुपमा चासो लिनुपर्नेमा अध्यक्ष तामाङले जोड दिनुभयो । आगामी आर्थिक वर्षमा विद्यालय व्यवस्थापन समिति र प्रधानाध्यापकको सल्लाहमा  विद्यालयको समस्या बारे छलफल गरि समाधान गर्न प्रयास गर्ने अध्यक्ष तामाङले प्रतिबद्धता जनाउनुभयो ।  

इन्द्रावती गाउपालिका अध्यक्ष झम्क नाथ नेपालले  विद्यालयलाई सम्पन्न र नमुना बनाउनका लागि, दक्ष शिक्षक, कुशल व्यवस्थापक, जागरुक अभिभावक, अनुशासित र लगनशील विद्यार्थी तथा स्थानीय सरकारको महत्वपूर्ण  भूमिका रहने बताउनुभयो ।

विद्यालयको असल अभिभावक बन्न पालिका सदैव तत्पर रहने बताउनुभयो । पालिकाले विनियोजन गरेको पाँच लाख बजेटले खोल्चि व्यवस्थापन गर्दै गर्न आग्रह गर्दै, आवश्यकता अनुसार सहयोग गर्ने अध्यक्ष नेपालले बताउनुभयो । शिक्षक तत्काल व्यवस्थापन गर्न सक्ने अवस्था नरहेको तर पालिकाको ध्यानाकर्षण भएकोले केही समय पछि शिक्षकको व्यवस्थापन गर्ने  उहाँले बताउनुभयो । 

शिक्षण प्रविधि, आधुनिक प्रविधि मूलक बनाउने लक्ष्य र उद्देश्य अनुसार पालिकाको सबै विद्यालयको कम्प्युटर, प्रिन्टर पालिकाले आफै मर्मत गरिदिएको नेपालले बताउनुभयो । पालिकालाई  समृद्ध पालिकाको रुपमा लागि अगाडि बढाउन सर्वप्रथम श्रोत, कार्य क्षमता  र कार्यविधिको आवश्यकता रहेको बताउनुभयो । 

अध्यक्ष नेपालले निर्वाचन पछिको सात महिना पालिकालाई श्रोत र साधन सम्पन्न बनाउने प्रयासमा लागि रहेको बताउनुभयो  । कार्य क्षमताको विकास गराउने उद्देश्यले पालिकामा कर्मचारी, शिक्षक कर्मचारी, विभिन्न तहका प्राविधिकहरुलाई तालिम चलाइएको बताउनुभयो । 

बिद्यालय व्यवस्थापन समिति अध्यक्ष राजेश अधिकारीले   विद्यालयलाई नमुना विद्यालयको लागि स्थापित गर्नका निम्ति आफू समितिमा निर्वाचित भएको बताउनुभयो । खोल्चा व्यवस्थापन र शैक्षिक सुधारका निम्ति आफू निरन्तर लागि पर्ने उहाले बताउनुभयो । विद्यालय सरस्वतीको मन्दिर भएको र यसलाई सिँगार्न वडा, पालिका र विद्यालय व्यवस्थापन  समितको आवश्यक पर्ने अध्यक्ष अधिकारीले बताउनुभयो ।

Leave a Reply