आन्तरिक पर्यटन प्रवर्द्धनामा नेकपा एमाले सिन्धु-काठमाण्डौं सम्पर्क मन्चको पाँचपोखरी पदयात्रा

* # पालीका खबर विविध समाचार समाज सिन्धुपाल्चोक

आन्तरिक पर्यटन प्रवर्द्धनार्थ नेकपा एमाले सिन्धुपाल्चोक-काठमाडौँ सम्पर्क मन्चले पाँचपोखरी पदयात्रा आरम्भ गरेको छ ।

सम्पर्क मन्चले काठमाडौँमा रहेका एमाले नेताहरुको टोलिसहित पाँचपोखरी पदयात्रा आजबाट आरम्भ गरेको हो ।

सिन्धुपाल्चोकमा रहेका ऐतिहासिक महत्वका धार्मिक पर्यटकीय स्थलको प्रचार-प्रसार तथा प्रवर्द्धनार्थ सम्पर्क मन्चले उक्त भ्रमण आयोजना गरेको एमाले सिन्धुपाल्चोक काठमाडौँ २ नम्बर क्षेत्रीय अध्यक्ष पशुपतिनाथ तिमल्सिनाले जानकारी दिनुभयो ।

भ्रमण टोलिमा एमाले सिन्धुपाल्चोकका जिल्ला अध्यक्ष कमल नेपाल,सम्पर्क मन्चका अध्यक्ष राजन आचार्य लगायत विभिन्न कमिटीमा रहेका नेताहरुको उपस्थिति रहेको थियो । आन्तरिक पर्यटन प्रवर्द्धनार्थ आएका एमाले नेताहरुलाई पाँचपोखरी थाङ्पाल गाउँपालिकाले विशेष स्वागत गरेको थियो ।

थाङ्पाल भ्याली माध्यामिक विध्यालय विभिन्न वडाका वडाध्यक्षहरुले भ्रमण टोलिका नेताहरुलाई स्वागत गरेको हो ।

Leave a Reply