रेडियो मिसन ।
मेलम्ची निवासी स्वर्गीय गुरु प्रसाद दुलालकी छोरी सुजता दुलालले SANN INTERNATIONAL COLLEGE मा +२ अध्यनको अवसर पाउनुभएको छ । यो अवसर सिन्धुपाल्चोक क्षेत्र नम्बर २ प्रदेश सभा २ बाट निर्वाचित, नेपाली काङ्ग्रेस बागमती प्रदेश सभा संसदिय दलका सचिव माननीय कृष्ण कुमार तामाङ (समीर) ले मिलाउनुभएको हो ।
गत बैशाख ९ मा बिग्रदो आर्थिक अवस्थाका कारण बुबा गुरु प्रसाद दुलालले अगालमै ज्यान गुमाउन पुगेपछि घरको आर्थिक अवस्था कमजोर रहेको दुलाललाई +२ अध्ययनको लागि सम्पूर्ण ब्यबस्थापन आफुले गर्ने बचन साम्सद तामाङ ले गर्नुभएको थियो । साम्सद तामाङले तेतिबेला गर्नुभएको प्रतिबद्धता अनुसार आज सुजता दुलाललाई कलेजमा लगेर भर्ना गरिदिनुभएको छ ।

आज कलेजमा एक कार्यक्रम आयोजना गरि नेपाली काङ्ग्रेस सिन्धुपाल्चोकका नेता, समाजसेवी मधुसूदन सिग्देल, नेपाली काङ्ग्रेस मेलम्ची –११ का सभापति कुमार दुलाल, कलेजका प्रशासन प्रमुख र कलेज परिवारको उपस्तिथिमा आज कलेज प्राङ्गणमै पुगि सांसद तामाङले दुलालको लागि २ बर्ष सम्म अध्ययन गर्न लाग्ने कलेजको सम्पुर्ण खर्च, स्टेसनरि, ड्रेस लगायत सम्पूर्ण खर्च आफुले ब्यहोर्ने गरि कलेजमा लाग्ने खर्च कलेज प्रशासनलाई र स्टेशनरि सामाग्री र ड्रेस सुजता दुलाललाई हस्तान्तरण गर्नुभएको हो ।

कार्यक्रममा साम्सद तामाङले न्यानो स्वागत सहित सिन्धुपाल्चोकका विद्यार्थीहरुलाई अध्ययनको ब्यवस्थापन गर्ने कलेज परिवारलाई बिशेष धन्यवाद व्यक्त गर्दै कलेज सङ्ग सहजीकरण गर्न समन्वय गर्नुहुने नेपाली काङ्ग्रेस सिन्धुपाल्चोकका नेता आदरणीय मधुसूदन सिग्देल प्रती आभार प्रकट गर्नुभएको छ ।