ईन्द्रावति गाउँपालिकाको वडा नम्बर ७ मा रहेको श्री राजेश्वरी माविको ६२ औं बार्षिकोत्सव सम्पन्न भएको छ । आज एक कार्यक्रम गरी विद्यालयले आफ्नो ६२ औं बार्षिकोत्सव मनाएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि बागमति प्रदेशका पूर्व भौतिक पुर्वाधार बिकास मन्त्रि युवराज दुलालले विद्यालय अरूजस्तो नभई आफ्नै तरीकाले अधि बढ्नुपर्ने बताउनुभयो । अरुको सिको गर्ने तर आफ्नो मौलिकता गुमाउन नहुने उहाँले बताउनुभयो । बैदेशिक गन्तव्य रोक्नका लागि गुणस्तरीय शिक्षा आजको आवश्यकता रहेको मन्त्रि दुलालले बताउनुभयो । आफ्नो खुट्टामा उभिन सक्ने बनाउनु नै गुणस्तरीय शिक्षाको मुल मर्म रहेको उहाँले बताउनुभयो । विद्यालयका सबैखाले समस्यामा आफुले सक्ने सहयोग गरीरहेको र आगामि दीनमा पनि निरन्तर गरीरहने उहाँले बताउनुभयो ।

यस्तै कार्यक्रममा बोल्दै विषेश अतिथि तथा ईन्द्रावति गाउँपालिकाका अध्यक्ष झम्कनाथ नेपालले राजेश्वरी मावि लामो ईतिहास बोकेको शैक्षिक धरोहर रहेकाले गुण्स्तरमा पनि अब्बल हुनुपर्नेमा जोड दिनुभएको छ । विद्यालयको भौतिक संरचना पुर्ण रूपमा सम्पन्न भईसकेकाले अब शैक्षिक गुणस्तरमा ध्यान दिने बेला आएको उहाँले बताउनुभयो । आफुपनि यसै विद्यालयमा २०५० देखि ५४ सालमा शिक्षकको भुमिकामा रहेको स्मरण गर्दै अध्यक्ष नेपालले शिक्षाको बिकास विना अरू विकासको सम्भावना नरहेको बताउनुभएको छ ।
कार्यक्रममा ईन्द्रावति गाँउपालिकाका वडा अध्यक्षहरु लगाएत राजनितिक दल, संघसंस्थाका प्रतिनिधी, समाजसेवी लगाएतकोसहभागिता रहेको थियो । विद्यालयले बर्ष उत्कृष्ट शिक्षक केशवराज रोक्का र उत्कृष्ट विद्यार्थी ईभान रोक्कालाई सम्मान गरेको छ । विद्यालयले सेवा निवृत र सरुवा भएर गएका शिक्षकहरुलाई पनि सम्मान गरेको हो ।
विद्यालयको बार्षिकोत्सवको अवसरमा आन्तरीक तथा अन्तर विद्यालय विभिन्न प्रतियोगितामा उत्कृष्ठ हुनेलाई पुरस्कारद्धारा सम्मान गरेको छ । एसईई र कक्षा ८ मा उत्कृष्ठ अँक ल्याउने बिद्यार्थीलाई पनि विद्यालयले सम्मान गरेको छ । कार्यक्रममा कलाकारहर ईश्वरी अधिकारी र सरस्वती अधिकारीले मनोरञ्जन गराउनुभएको थियो ।
कार्यक्रम विद्यालय व्यास्थापन समितिका अध्यक्ष बासुदेव अधिकारीको अध्यक्षतामा भएको हो भन शिक्षक प्र्रताप तामाङले सञ्चालन गर्नुभएको हो ।






