कालिकाशरण आवि मेलम्ची नगरकै पहीलो पत्रुखाना निषेधीत विद्यालय

* # पालीका खबर शिक्षा समाचार समाज सिन्धुपाल्चोक

मेलम्ची नगरपालिका वडा नम्बर ३ स्थित कालिकाशरण आधारभूत विद्यालयलाइ पत्रु खाना मुक्त विद्यालय घोषणा गरिएको छ ।

विद्यालयको आयोजना,मेलम्ची नगरपालिकाकाको समन्वय तथा ग्रामीण स्वास्थ्य र शिक्षा सेवा गुठी रेष्ट को सहयोगमा आज मेलम्ची नगरपालिकाकै पहिलो पत्रुखाना मुक्त विद्यालय घोषणा गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि एवम् वडा नम्बर ३ का वडा अध्यक्ष कुमार बन्जराले बालबालिकालाई पत्रुखाना निषेध संगै असल संस्कार सिकाउनु पर्नेमा जोड दिनुभयो ।

उहाँले हैबुङ बाट नगरपालिकाकै पहिलो पत्रुखाना मुक्त विद्यालय घोषणा गर्न पाएकोमा खुशि व्यक्त गर्दै आगामी दिनमा अन्य विद्यालयमा पनि यस्तै कार्यक्रम लागुगर्ने कुरामा वडाले काम गरिरहेको बताउनुभयो ।

कार्यक्रममा नगरपालिका शिक्षा शाखाका अधिकृत सुदिनराज बुढाथोकीले बालबालिकामा पत्रुखानाले गर्दा हुने असरका बारेमा सानैदेखि र घरदेखिनै बुझाउन पर्ने बताउनुभयो । उहाँले हाम्रो बजारमा हाम्रै उत्पादन गरेका वस्तु हुनुपर्ने भन्दै बाह्य अखाद्य वस्तुको प्रयोग नगर्न आग्रह गर्नुभयो । उहाँले स्वास्थ्य र शिक्षाका बारेमा परिवार र विद्यालय सचेत हुनपर्नेमा जोड दिनुभयो ।

बुढाथोकीले बजारमा पाइने सबै खानेकुरा स्वस्थ नहुने भन्दै गाउँघरकै खानेकुरा खान आग्रह गर्नुभयो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक अमन्तीनाथ उप्रेतीले विद्यालयमा सहयोग गर्ने विभिन्न संघसंस्था हरुलाइ धन्यवाद दिदै यस कार्यक्रमलाई कार्यान्वयन गर्नेकुरा चुनौतीपुर्ण रहेको बताउनुभयो ।

उहाँले आगामी विशेष गरि अभिभावक हरुले यसकुरामा ध्यान दिन आग्रह गर्नुभयो । कार्यक्रममा विद्यालयका पुर्व प्रधानाध्यापक रामनाथ गिरि, शिक्षक सञ्चमाया तामाङ लगायतले पत्रुखाना निषेधित बनाउनका लागि विद्यालयले गरिरहेका काम र उपलब्धिका बारेमा जानकारी दिनुभएको थियो । विद्यार्थी ,अभिभावक ,शिक्षक,आमा समुह र स्थानीय सम्पुर्णको सहयोगमा यो उपलब्धि हासिल गर्न सकिएको पुर्व प्रधानाध्यापक गिरिले बताउनुभयो ।

No description available.

विद्यालय निर्माणदेखी विद्यालयको शैक्षिक गुणस्तर वृद्धिका लागि विगत देखिनै निरन्तर सहयोग गर्दै आएको जर्मन नेपालका शिक्षा अधिकृत ठाकुरप्रसाद पौडेलले विद्यालयले गरेको कामको प्रसम्सा गर्दै आगामी दिनमा समेत सहयोग गर्ने बताउनुभयो । रेस्ट नेपालले कालिकाशरण संगै नगरपालिकाका २६ वटा विद्यालयमा काम गरिरहेको जिल्ला कार्यक्रम संयोजक आकृति घलेले जानकारी दिनुभयो ।

कालिकाशरण जस्तै अन्य विद्यालयले पनि पत्रुखाना निषेध गर्न सकेमा आगामी दिनमा अन्य विद्यालयमा समेत पत्रुखाना मुक्त बनाउन सजिलो हुने बताउनुभयो । उहाँले विद्यालयमा मात्र नभएर घरमा समेत पत्रुखाना मुक्त गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा भोटेचौर शहरी स्वास्थ्य केन्द्रका प्रमुख सिनियर अहेव बिष्णुमणि घोरासैनिले पत्रुखाना खादाको बेफाइदाका बारेमा विद्यार्थी र अभिभावकहरुलाइ जानकारी गराउनुभयो । विद्यालयमा विगत लामो समयदेखि पैरवी समुहमा रहेर काम गर्नुभएका विद्यालयका शिक्षकहरुलाइ प्रमाणपत्र सहित सम्मान गरिएको थियो ।

Leave a Reply