तेर्से माविमा भइरहेको शिक्षक भलिबल प्रतियोगितामा आइतबार क्याटरफाइनल खेल हुने

* # खेलकुद समाचार समाज सिन्धुपाल्चोक

मेलम्ची नगरपालिका वडा नं. ६ स्थित श्री तेर्से माध्यमिक विद्यालयको ३४ औँ वार्षिकोत्सवको अवसरमा मेलम्ची नगरपालिका, हेलम्बु र पाँचपोखरी थाङ्पाल गाउँपालिका स्तरीय अन्तर विद्यालय शिक्षक भलिबल प्रतियोगिताको दोश्रो दिन लिग चरणका खेलहरु सम्पन्न भएका छन् ।

आज भएको खेलमा तेर्से मावि, हेलम्बु मोडेल स्कुल, जाल्पादेवी मावि जैसिगाउँ, चण्डिका मावि, थाङ्पाल भ्याली मावि, बालसुधार मावि, महेन्द्र मावि र लागर्चे मावि आआफ्नो खेलमा जीत हासिल गर्दै क्वाटर फाइनलमा प्रवेश गरका छन् ।

क्याटरफाइनल खेल आइतबार बिहान सुरु हुने आयोजकले जानकारी दिएको छ ।

Leave a Reply