मेलम्ची नगरपालिकाद्वारा नदीजन्य पदार्थ ढुवानी गर्ने मालबाहक साधन सञ्चालनमा रोक 

* # पालीका खबर समाचार समाज सिन्धुपाल्चोक

मेलम्ची नगरपालिकाले नदिजन्य पदार्थ ढुवानि गर्ने मालवाहक सवारी सञ्चालनमा राेक लगाएकाे छ । नगरपालिकाले एक सुचना जारी गरि साे जानकारी दिएकाे हाे । 

नगरपालिका क्षेत्रभित्रको इन्द्रावती तथा मेलम्ची नदी क्षेत्रबाट आर्थिक वर्ष २०८१/८२ मा नदीजन्य पदार्थ उत्खनन् एवम् बिक्रीको लागि नगरपालिका र श्री सुदिपा ट्रेडिङ्ग कम्पनी प्रा. लि. बल्खु, काठमाडौंबीच आर्थिक बर्ष२०८१/८२ को असार मसान्त रातको १२:०० बजेसम्म आन्तरिक राजश्व संकलन गर्ने गरी ठेक्का सम्झौता भएको थियाे ।

मेलम्ची नगरपालिकाबाट ढुड्गा गिट्टी, बालुवा उत्खनन्, बिक्री तथा व्यवस्थापन सम्बन्धी मापदण्ड, २०७७ मा भएको कानूनी व्यवस्था बमोजिम आर्थिक बर्ष २०८२/८३ को लागि मिति २०८२/०३/३१ गते बोलपत्र आव्हान गरिएको र सोही मापदण्डको दफा ७ को उपदफा (५) मा भएको व्यवस्था बमोजिम नदीक्षेत्रमा भण्डारण गरी राखिएको नदीजन्य पदार्थको मौज्दात नापजाँच भई प्राप्त प्रतिवेदनको आधारमा लिलाम बिक्री (बढाबढ गर्ने प्रक्रियामा रहेको हुँदा मिति २०८२/०३/३२ गते रातको १२:०० बजे देखि अर्को व्यवस्था नभएसम्मको लागि नदीजन्य पदार्थ ढुवानी गर्ने मालबाहक साधन मेलम्ची नगरपालिका क्षेत्रभित्र संचालनमा रोक लगाइएको छ।

Leave a Reply