इन्द्रावती १२ का सुत्केरी महिलाहरुलाई फिल्टर बितरण

* # पालीका खबर समाचार समाज सिन्धुपाल्चोक स्वास्थ्य

रबिन दनुवार, भिमटार ।
इन्द्रावती गाउँपालिका वडा नम्बर १२ भिमटारका ५९ जना सुत्केरी महिलाहरुले १६ लिटरको फिल्टर पाएका छन् ।

भिमटार स्वास्थ चौकी प्रमुख अर्जुन श्रेष्ठ र वडा अध्यक्ष सुरेन्द्र बहादुर दनुवारले फिल्टर हस्तान्तरण गरेका हुन् ।

सुत्केरी महिलाहरूलाई पानी जन्य रोगबाट बचाउने उद्देश्यले फिल्टर वितरण गरेको स्वास्थ चौकी प्रमुख श्रेष्ठले बताउनुभयो ।
पोषणको स्तरको सुधार गराउने र हरेक बार खाना ४ को परामर्श अनुसार हरेक बार खाना चारको प्रवर्द्धन गर्ने गरि सिजन अनुसारको पोषण युक्त ६ प्रकारका विउ समेत वितरण गरेको श्रेष्ठले बताउनुभयो ।

Leave a Reply