ज्याेति भञ्ज्याङ आ.वि मेलम्ची ७ काे ४० औँ वार्षिकाेत्सव सम्पन्न

* # शिक्षा समाचार समाज सिन्धुपाल्चोक

रेडियो मिसन, दुवाचाैर

श्री ज्याेति भञ्ज्याङ आधारभूत विद्यालय मेलम्ची ७ काे ४० औँ वार्षिकाेत्सव तथा २० औँ अभिभावक दिवस सम्पन्न भएकाे छ ।

मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङकाे प्रमुख आतिथ्यता र विव्यस अध्यक्ष वीर बहादुर तामाङकाे सभापतीत्वमा कार्यक्रम भएकाे हाे । कार्यक्रममा बालकक्षा शिक्षिका सरिता गिरिले स्वागत मन्तव्य प्रस्तुत गरिन । यस विद्यालयमा १११ जना विद्यार्थीहरू रहेका छन ।

विद्यालयकाे बार्षिक प्रतिवेदन प्रधानाध्यानक धिरज श्रेष्ठले प्रस्तुत गर्नुभएकाे थियाे । विद्यालयकाे भावि याेजना प्रस्तुत गर्दै श्रेष्ठले स्थानीय सरकार संग समन्वय गरि सम्भव भए आगामी शैक्षिक सत्रबाट कक्षा ६ सञ्चालन गर्ने बताउनुभयाे । इसिडी देखि कक्षा ३ सम्मकाे कक्षा काेठामा कार्पेटिङ तथा चकटी व्यवस्थापन गर्न उहाँले माग गर्नुभयाे। ३ बर्ष उमेर पूरा गरेका विद्यार्थीहरूलाई छुट्टै कक्षाकाेठामा राखी सिक्ने सिकाउने वातावरण तयार गर्ने लगायतका याेजना श्रेष्ठले प्रस्तुत गर्नुभयाे ।

साेहि अवसरमा विद्यालयलाई पुर्व विद्यार्थीहरूकाे पहलमा १ लाख बराबरकाे गणित विषयकाे आवस्यक सामाग्री हस्तान्तरण गरिएकाे छ । साथै २४ हजार बराबरकाे विज्ञान सामाग्री समेत प्रदान गरिने पुर्व शिक्षक तथा विद्यार्थी नवीन श्रेष्ठले बताउनुभयाे । उनिहरूबाट संकलित १ लाख २४ हजार बराबरकाे सहयाेग विद्यालयलाई प्रदान गरिएकाे हाे ।

कार्यक्रमलाई सम्बाेधन गर्दै कार्यक्रमका प्रमुख अतिथि मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले अभिभावकले आफ्नाे बालबालिका कस्ताे पढ्दैछन् भनेर विद्यालयमा गई बुझ्न जरूरी रहेकाे बताउनुभयाे । सुधार गर्नुपर्ने बिषयहरू छन भने प्याकेज बनाएर नगरपालिकामा आएमा नगरले सहयाेग गर्ने उहाँले प्रतिवद्वता व्यक्त गर्नुभयाे । प्रधानाध्यापकहरू संग अन्तरक्रिया गरि प्याकेजमा शैक्षिक कार्यक्रम बनाउने तामाङकाे भनाई छ ।

प्रत्येक बर्ष विद्यार्थीहरूलाई छात्रवृति दिइँदै आएकाे बताउँदै जेहेन्दार र निम्न स्तरका विद्यार्थीहरूलाई वडा तथा विद्यालयकाे शिफारिसकाे आधारमा नगरले छात्रबृत्ति दिने तामाङले जानकारी दिनुभयाे । मेलम्ची नगरपालिकाले आफ्नै स्थानिय पाठ्यक्रम निर्माण गरि पढाउन सुरू गरिसकिएकाे प्रमुख तामाङकाे भनाई छ ।

कार्यक्रमका विशेष अतिथि मेलम्ची नगरपालिकाका उमा प्रधानले मेलम्ची नगरपालिका वडा नं ७ काे विद्यालयमा विद्यार्थीकाे संख्या र शिक्षाकाे गुणस्तर राम्राे भएकाे बताउनुभयाे । नगरपालिकाले शैक्षिक सुधारकाे लागी गर्नुपर्ने काम सबै गर्ने उहाँले बताउनुभयाे ।

कार्यक्रममा वडा नं ७ का अध्यक्ष पासाङ तामाङले वडाले शिक्षालाई प्राथमिकतामा राखेकाे बताउनुभयाे । वडाले शैक्षिक स्तराेन्नतीकाे लागि सकेकाे सहयाेग गर्ने प्रतिवद्वता व्यक्त गर्नुभयाे।

वार्षिकाेत्सव तथा अभिभावक दिवसकाे अवसरमा अभिभावक हाजिरिजवाफ प्रतियाेगिता गरिएकाे छ । प्रतियाेगितामा यमुना श्रेष्ठ, रमिला श्रेष्ठ र अनुजा जाेशीकाे टिम प्रथम भएकाे छ । त्यस्तै टक बहादुर श्रेष्ठ, डाेक लाल जाेशी र जसमान तामाङकाे टिम द्वितीय तथा पुर्णिमा श्रेष्ठ, भगवती श्रेष्ठ र सीता जाेशीकाे टिम तृतीय भएकाे शिक्षक नेत्र दोङले जानकारी दिनुभयाे ।

बार्षिकाेत्सव कार्यक्रममा मेलम्ची नगरपालिकाका उपप्रमुख उमा प्रधान, वडा अध्यक्ष पासाङ तामाङ, समाजसेवी, अभिभावक, विद्यार्थी लगायतकाे सहभागीता रहेकाे थियाे ।

Leave a Reply