रबिन दनुवार, भिमटार ।
इन्द्रावती गाउँपालिका वडा नम्बर १२ भिमटारका किसानहरुले वडाको ५० प्रतिशत अनुदानमा २८ वटा मिनिटिलर पाएका छन् । इन्द्रावती गाउँपलिका वडा नम्बर १२ का अध्यक्ष सुरेन्द्र बहादुर दनुवारको अध्यक्षतामा प्रमुख अतिथि प्रमुख प्रसासकीय अधिकृत राम प्रसाद शर्माले मिनिटिलर हस्तान्तरण गर्नुभएको हो ।
अनुदान बाट प्राप्त उपकरणको जतन र संरक्षण गरि प्रयोग गर्न अधिकृत शर्माले किसानलाई सुझाव दिनुभयो । विशेषगरी भिमटारमा खेतीयोग्य जमिन प्रशस्त रहेकोले आधुनिक उपकरणको पनि उत्तिकै आवश्यक रहेकोले वडाले उपकरणको व्यवस्थापन गरि ५० प्रतिशत अनुदानमा वितरण गरेको उहाले बताउनुभयो ।
कृषि क्षेत्रलाई व्यवसायीकरण र आत्मनिर्भर बनाउने उद्देश्यका साथ उपकरण हस्तान्तरण गरेको अध्यक्ष दनुवारले बताउनुभयो । उहाँले उपकरण मात्र नभइ प्रत्येक घर धुरीलाई उन्नत जातको मेवाको विऊ समेत वितरण गरेको बताउनुभयो ।