मेलम्ची नगरपालिकालाई अपाङ्गमैत्री बनाउन लिफ्ट जडान गर्छाैँ : प्रमुख तामाङ

* # पालीका खबर समाचार समाज सिन्धुपाल्चोक

मेलम्ची,

मेलम्ची नगरपालिकामा प्रमुख आइतमान तामाङले नगरपालिकामा एक बर्ष भित्रमा लिफ्ट जडान गर्ने बताउनुभएकाे छ । ३२ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसकाे अवसरमा मेलम्ची नगरपालिकाले आयाेजना गरेकाे अन्तरक्रियात्मक कार्यक्रमलाई सम्वाेधन गर्दै प्रमुख तामाङले अपाङ्गमैत्री पालिका बनाउन लिफ्ट जडान गरिने बताउनुभएकाे हाे ।

“मेलम्ची नगरपालिकामा अर्काे बर्ष सम्म लिफ्ट जडान गर्नेछाैँ । अपाङ्गमैत्री र बालमैत्री नगरपालिका बनाउनेछाैँ”, तामाङले भन्नुभयाे “हामी पहिलाे बर्ष कानुनी कुराहरू सिक्दै गयाैँ, अवकाे बाँकी समय सबै क्षेत्र समेटेर बिकासका कामहरू अघि बढाउनेछाैँ” । मेलम्ची नगरपालिकामा यसै बर्ष बाट साङ्केतिक भाषा प्रयाेग गर्ने दाेभाषे नियुक्ति गर्ने उहाँले प्रतिवद्वता ब्यक्त गर्नुभयाे । “बिद्यालयहरूमा दाेभाषे चाहिएमा पनि हामी उपलब्ध गराउनेछाैँ”, उहाँले भन्नुभयाे ।

प्याकेजकाे कार्यक्रमहरू लिएर नगरपालिका गएमा बजेटकाे ब्यबस्था गर्ने तामाङले बताउनुभयाे । याेग्यता र क्षमता अनुसारका राजगारीकाे लागि विभिन्न समयमा मेलम्ची नगरपालिकामा आवेदन खुल्ने गरेकाे भन्दै त्यसमा जाेडिन समेत तामाङले आग्रह गर्नुभएकाे छ । मंसिर २० गते अपाङ्गता भएका ब्यक्तिहरूलाई घर घरमै गएर स्वास्थ्य सेवा दिने तामाङले जानकारी दिनुभयाे ।

Leave a Reply