हेलम्बुको विपदमा सघं र प्रदेश सरकारले बेवास्ता गर्यो : अध्यक्ष शेर्पा

* # पालीका खबर समाचार समाज सिन्धुपाल्चोक

हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले सघं,प्रदेश र मेलम्ची खानेपानीको कामप्रति असन्तुष्टि जनाउनुभएको छ ।

मेलम्ची खोलामा आएको बाढीका कारण हेलम्बु गाउँपालिकाको ढुँग्रे बजारदेखि नै सडक सञ्जाल टुटेको र कतिपय बस्ति,सार्वजानिक संरचना,खेतियोग्य जमिन समेत उच्च जोखिम भएको अवस्थामा समेत सघं र प्रदेश सरकारले बेवास्ता गरेको अध्यक्ष शेर्पाले बताउनुभयो । सरकारको गौरवको आयोजना मेलम्ची खानेपानी आयोजनाले समेत यो विपत्तिमा चासो नदिएको भन्दै अध्यक्ष शेर्पाले गुनासो गर्नुभयो ।

अहिले हेलम्बु गाउँपालिकाको अवस्था एकदमै चिन्ताजनक रहेको अवस्थामा समेत कुनैपनि सरकारले आधिकारिक धारणा नराख्नुले जनताप्रति सरकार गैह्रजिम्मेवार भएको पुष्टि भएको शेर्पाले दावि गर्नुभयो । “हेलम्बु आन्तरिक स्रोत नै नभएको पालिका हो, त्यसमा पनि यो बर्ष बजेट कटौति भएर आएको छ । विपद् जहिलेपनि हेलम्बुमा क्षति पुर्याइरहेको अवस्थामा आएको बजेट विकासमा खर्च गरौं कि खोलामा लगर हालौं ?” अध्यक्ष शेर्पाले प्रश्न गर्नुभयो । अहिले खानेपानी आयोजनाको काम बन्द भएपनि बेवास्ता गर्न नहुने भन्दै उहाँले फेरिपनि पानी लैजाने हो भने मेलम्ची देखि आयोजना स्थलसम्मकै सडक सञ्चालनका लागि आयोजनाले जिम्मा लिनुपर्ने बताउनुभयो ।


“अहिले विपद्को समयमा कुनै पनि मन्त्री, सरोकारवाला निकाय फर्केर आउँदैन पछि पालिकाले सडक सञ्चालनमा ल्याएपछि पानी लैजानका लागि लर्को लगायर त्यहिं सडक हुन्दै मान्छे आउछन् । अहिलेपनि आएर यहाँको आवश्यकतालाई मधयनजर गर्दै समस्या समाधान तर्फ अग्रसर हुन अध्यक्ष शेर्पाले सुझाउनुभयो” । केन्द्रिय सरकार,प्रदेश सरकार र खानेपानी आयोजनाको कामलाई हेलम्बु गाउँपालिकाले स्वागत गर्ने भन्दै शेर्पाले समन्वय गर्दै अगाडि बढेमा हातेमालो गर्ने प्रतिबद्धता जनाउनुभयो । तर सरकारले यस्तै ब्यबहार गरेमा आयोजनाको काममा रोक लगाउने शेर्पाले चेतावनी दिनुभयो ।


कोहि जटिलखालको विरामि भइहालेमा अस्पताल सम्म पुर्याउन सक्ने अवस्था नभएको यो समयमा स्थानिय सरकारले मात्र केहि गर्न नसक्ने अध्यक्ष शेर्पाको भनाई छ । शेर्पाका अनुसार अहिले पाटिभञ्ज्याङ हुँदै हेलम्बु जोड्ने वैकल्पिक सडक सञ्चालनका लागि काम भइरहेको जानकारी दिनुभयो । बाढीका कारण हेलम्बुमा सडक यातायात पूर्णरूपमा टुटेकाले वैकल्पिक सडक सञ्चालनमा ल्याएर पनि पालिकालाई सडक सञ्जालमा जोड्न प्रयास थालिएको शेर्पाले जानकारी दिनुभयो ।

उहाँका अनुसार काठमाडौँबाट हेलम्बु जान वैकल्पिक मार्ग काठमाडौँबाट साँखु, भोटेचौर, हैबुङ, पाटीभञ्ज्याङ हुँदै हेलम्बुको ग्याल्थुमसम्म पुग्न सकिने सडक सञ्चालनका लागी काम भइरहेको बताउनुभयो । गत हिँउदको समयमा नदि नियन्त्रण तथा ब्यबस्थापनका लागि गरिएको सबैप्रयास असफल भएपछि अहिले तनाव सिर्जना भएको अध्यक्ष शेर्पाले बताउनुभयो । “खोलालाई पुरानै धारमा फर्काउनका लागि करोडौं बजेट खर्च भयो तर अहिले उपलब्धी केहि छैन, आगामी दिनमा हेलम्बुमा दिर्घकालिन योजना बिना जथाभावी खोलामा मेसिन हाल्न रोक लगाउँछु” शेर्पाले भन्नुभयो ।

Leave a Reply