रेडियो मिसन, पाल्चोक ।
प्रदेश साँसद कृष्ण कुमार तामाङले आफ्नो कार्यकालमा सडक र खानेपानीमा धेरै काम गर्ने र प्रदेश सरकार समक्ष यहाँका समग्र समस्या अवगत गराउने बताउनुभएको छ ।
पाल्चोक खानेपानी आयोजनाको उद्घाटन कार्यक्रममलाई सम्बोधन गर्दै सांसद तामाङले पाल्चोक चिनाउन हेलम्बुको पाल्चोक मन्दिर र सडक स्तरोन्नती गर्न प्रदेश लाई सिफारिस गरेको र अवको आर्थिक बर्षमा योजना पर्ने बताउनुभयो ।
उहाँले सिन्धुपाल्चोकको समग्र बिकासमा काम गर्ने बताउँदै सांसद तामाङले सिन्धुपाल्चोक २ लाई नमुना बनाउने प्रतिबद्धता जनाउनुभयो ।
हेलम्बु ग्रेट ट्रेललाई प्रदेशको गौरवको योजना बनाउन प्रदेश सरकारको अर्थिक वर्ष ८०/८१ को नीति तथा योजनामा सिफारिस गरिएको उहाँले जानकारी दिनुभयो ।
कार्यक्रममा नेपाली कांग्रेसका पुराना नेता कान्छा लामा, बागमती प्रदेशका पुर्व स्वास्थ्य मन्त्री निमा लामा सहितले शुभकामना मन्तव्य राख्नुभएको थियो ।