रेडियो मिसन, मेलम्ची ।
दुवै मृगौला फेल भएर उपचाररत सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका वडा नम्बर १० की ३५ वर्षीय तारादेवी खड्का आचार्यले सहयोगका लागि अपिल गर्नुभएको छ । उहाँको दुबै मिर्गौला फेल र मुटुमा समेत समस्या भएको छ । उहाँको आर्थिक अवस्था कमजोर भएका कारण उपचारको लागि सहयोगको अपिल समेत गरिएको छ । खड्का हाल त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचाररत हुनुहुन्छ ।
आर्थिक अभावका कारण उपचारमा समस्या रहेको उहाँका श्रीमान कुल प्रसाद आचार्यले जानकारी दिनुभयो ।
खड्काको उपचारका सहयोगका लागि मेलम्ची नगरपालिकाले समेत अस्पताललाई विपन्न नागरिक औषधी उपचार निर्देशिका २०७५ अनुसार निशुल्क उपचार तथा आर्थिक सहुलियत उपलब्ध गराइदिन अनुरोध गरेको छ ।
उहाँको सम्पर्क नम्बर ९८४३५४९३३८ रहेको छ । सहयोग गर्न चाहने महानुभावले कुल प्रसाद आचार्यको कृषि विकास बैंकको खाता नम्बर ०२१०८०००९२७०००१० रकम जम्मा गरिदिन समेत परिवारले अपिल गरेको छ ।