सरोज स्मृति कप भलिबल प्रतियोगितामा मेलम्ची र जुगलले फाइनल खेल्ने

* # खेलकुद समाचार समाज सिन्धुपाल्चोक

प्रथम सरोज स्मृती कप पुरुष भलिबल प्रतियोगिता २०८२ को फाइनलमा मेलम्ची नगरपालिका र जुगल गाउँपालिका भिड्ने भएका छन् ।

आज  भएको पहिलो सेमिफाइनल खेलमा हेलम्बु  गाउँपलिका बिरुद्ध  २५-१९ र २५ -२०को जित निकाल्दै मेलम्ची नगरपालिका फाइनल प्रवेश गरेको हो । त्यस्तै दोश्रो सेमिफाइनलको खेलमा बलेफी गाउँपालिका विरुद्ध २५-२३ र २५-१४ को जित निकाल्दै जुगल गाउँपालिका फाइनल प्रवेश गरेको छ । भोलि हुने फाइनल खेलमा उपाधिका लागि दुई टिम विच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।


त्यस्तै आजै भएको तेश्रो स्थानको खेलमा हेलम्बु गाउँपालिकालाई पराजित गर्दै बलेफी गाउँपालिका तेस्रो भएको छ   ।

पहिलो सेमिफाइनल खेलमा मेलम्चीका जर्सी नम्बर ३ का खेलाडी सुदिप तामाङ man of the match घोषित हुनुभएको छ भने दोश्रो सेमिफाइनल खेलमा जुगल गाउँपालिकाको जर्सी नम्बर ६ का अमृत रावत man of the match घोषित भएका हुन फाइनल खेल भोलि हुने आयोजकले जनाएको छ ।

प्रतियोगितामा पहिलो हुने टिमले १ लाख,दोश्रोले ७५ हजार तेस्रोले ५० हजार र सान्त्वनाले २५ हजार सहित ट्रफी मेडल र प्रमाणपत्र पाउनेछ्न।

Leave a Reply