अब कसैले पनि उपचार नपाएर मृत्यू वरण गर्न पर्ने अवस्था आउँदैन : स्वास्थ्य मन्त्री बस्नेत

* # समाचार समाज सिन्धुपाल्चोक स्वास्थ्य

रेडियो मिसन, पाल्चोक ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहन बहादुर बस्नेतले अब कसैले पनि स्वास्थ्य उपचार नपाई मृत्यू वरण गर्न नपर्ने ताउनुभएको छ ।

पाल्चोक खानेपानी आयोजनाको उद्घाटन कार्यक्रममलाई सम्बोधन गर्दै मन्त्री बस्नेतले गरिवले अस्पतालमा गएर उपचार गर्न सक्ने अवस्था नभएको र अहिलेको समयमा पनि थुन्चे र डोकोमा हालेर अस्पतालमा लैजान बाध्य भएको भन्दै सुर्तीजन्य पदार्थमा कर बढाई सो करबाट गरिवलाई निशुल्क उपचार गर्ने ब्यबस्था ल्याउन लागेको बताउनुभएको हो ।

साथै गरिवका छोराछोरीले निशुल्क पढ्न पाउनुपर्छ भनेर अभियान चलाउने र जिल्लाको बाह्रबिसे नगरपालिकाबाट सुरु भइसकेको पनि उहाँले जानकारी दिनुभयो ।

मन्त्री बस्नेतले पाल्चोक मन्दिर लाई ब्यबस्थित र आकर्षित बनाउने र पाल्चोकलाई पर्यटकिय गन्तव्य बनाउने प्रतिबद्धता जनाउनुभयो । साथै पाल्चोकमा स्वास्थ्य चौकीको भवन ब्यवस्थित नभएको बताउँदै यसको लागी पहल गर्ने बताउनुभयो ।

मन्त्री बस्नेतले बोलेको कुरा गरेरै छाड्ने बताउँदै चनौटेको रातो पुलको उदाहरण दिनुभयो । सुरुमै काँग्रेसको नेतृत्वमा चनौटेको रातो पुल बन्ने उद्घोष गरेको र पुल बनेर सबैलाई अहिले सहज भएको उहाँले दाबी गर्नुभयो ।

मेलम्चीमा बन्नै लागेको पुलको काम शेरबहादुर तामाङले रोकेको कुरा दोहोर्याउँदै मन्त्री बस्नेतले बिकासको बिरोध गर्नेलाई जनताले ठेगान लगाउने र ५ बर्षमा माननीय भएर के काम गर्नुपर्छ भनेर देखाउने बताउनुभयो ।

कार्यक्रममा नेपाली कांग्रेसका पुराना नेता कान्छा लामा, बागमती प्रदेशका पुर्व स्वास्थ्य मन्त्री निमा लामा सहितले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

Leave a Reply